coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मड्रिड डर्बी बराबरीमा रोकिदाँ बार्सिलोनालाई फाइदा

काठमाडौं– स्पेनिस लिग ला–लिगामा मड्रिड डर्बी गोल रहित बराबरमा सकिएको छ। शनिबार राति भएको खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिडले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

त्यसको प्रत्यक्ष फाइदा बार्सिलोनालाई भएको छ। अवे खेल लगातार गुमाउँदै आएको बार्सिलोनाले गत राति गेटाफे विरुद्ध भने जित निकालेको थियो।

दुई मड्रिडले अंक बाँढेपछि बार्सिलोना १३ अंक सहित चौथो स्थानमा रहेको छ। त्यस्तै रियल मड्रिड १५ अंक सहित पहिलो स्थान र एथ्लेटिको मड्रिड १४ अंक सहित तेस्रो स्थानमा आसिन छ। दोस्रो स्थानमा भने गोल अन्तरको आधारमा ग्रानडा रहेको छ।

प्राप्त अवसरलाई गुमाउँदा दुबै टोली बराबरीमा रोकिन बाध्य भएका हुन्। ग्यारेथ वेलले रियललाई अग्रता दिलाउने मौका गुमाएका थिए। 

बार्सिलोनाले भने ग्रानडा विरुद्ध २–० गोल अन्तरले विजयी भएको थियो। बार्सिलोनाको जितमा लुइस स्वारेज र जुनियर फिर्पोले एक एक गोल गरे। खेलको ४१ औं मिनेटमा स्वारेज र ४९ औं मिनेटमा फिर्पोले गोल गरेका हुन्।  १० खेलाडीमा सिमित भएको खेलमा कप्तान लियोनल मेस्सी उत्रिन सकेका थिएनन्।  

प्रकाशित: १२ आश्विन २०७६ ०५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App