coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुरमा दसैंको नवरात

दसैंको पहिलो दिन मेला लाग्ने ब्रह्मायणी शक्तिपीठ।

भक्तपुर – दसैंको सुरुवातसँगै भक्तपुरमा हुने नवरात (नौ राते) मेला आइतबारदेखि सुरु हुँदै छ। प्रत्येक वर्ष घटस्थापनासँगै सुरु हुने नौ राते मेला यहाँका विभिन्न नौ शक्तिपीठहरूमा लाग्ने गरेको छ। रातको समयमा मेला लाग्ने भएकाले स्थानीय यसलाई नवरात अर्थात् नौ राते मेला भनेर बुझ्छन्।

तथापि बिहान पनि मेला लाग्छ। तर बिहानको तुलनामा साँझमा मेला भर्न सयौं बाजागाजाका साथ टोलटोलबाट हजारौं भक्तालु सहभागी हुने भएकाले नवरात भनिएको हो। नवरातको नौ दिन छुट्टाछुट्टै नौवटा शक्तिपीठमा बिहान र साँझ गरी दिनमा दुई पटक मेला लाग्ने गर्छ। यस क्रममा पहिलो दिन भक्तपुरको ब्रह्मायणीमा मेला लाग्छ। अन्तिममा यही ठाउँमा मेला लागेर सकिने गरेको छ।

परम्पराअनुसार पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौं दिन बाराही, छैटौं दिन इन्द्रायणी, सातौं दिन महाकाली, आठौं दिन महालक्ष्मी, नवौं दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन फेरि ब्रह्मायणीमा मेला लाग्ने गर्छ।

सो दिन भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाबाट हजारौं जात्रालु ब्रह्मायणी आउने गर्दछन्। दसैंका यी दिनमा बिहान र बेलुका भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरमा विशेष मेला लाग्ने परम्परा छ।

प्रकाशित: १२ आश्विन २०७६ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App