coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकार रौनियारलाई सार सेवा सम्मान

काठमाडौं – नागरिक दैनिककी वरिष्ठ संवाददाता रुबी रौनियारलाई सञ्चार सेवा सम्मान २०७६ प्रदान गरिएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच पत्रकार रौनियारलाई सो सम्मान प्रदान गरिएको हो। पत्रकारितामा रहेर आम नागरिकलाई सुसूचित गर्ने, मानवअधिकारको रक्षा, कानुनी राज्यको निर्माण र समाजिक विकृती र विसंगतिका विरुद्ध खबरदारी गर्दै पत्रकारितालाई जवाफदेही बनाउन योगदान पु¥याएकाले नागरिक एकता समाजले पत्रकार रौनियारलाई सम्मान गरेको हो।

शनिबार आयोजित कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेवाङले पत्रकार रौनियारलाई सम्मान प्रदान गरे। कार्यक्रममा पत्रकार रौनियारसहित आ-आफ्नो पेशा व्यवसायद्वारा समाजमा योगदान पु-याएका विभिन्न क्षेत्रका २३ जनालाई सम्मान गरिएको थियो।

कार्यक्रममा वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, नेपाल विद्युत प्राधिकरणका निवर्तमान निर्देशक रवीन्द्र महासेठ, वरिष्ठ गायिका कुन्ति मोक्तान, ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य, समता लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र नेपाल टेलिकमका वरिष्ठ लेखा अधिकृत लिलाकुमार ढुंगेललगायतलाई सम्मान गरिएको थियो। कार्यक्रममा समाजका अध्यक्ष सीताराम कार्कीले विभिन्न क्षेत्रमा कार्यरत रही देश विकासमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने व्यक्तित्वहरुको कामको सम्मान गर्दै सम्मान प्रदान गरिएको बताए।

प्रकाशित: १२ आश्विन २०७६ ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App