५ वैशाख २०८१ बुधबार
समाज

महिला उद्यमी ‘कोशेली महोत्सव’

विराटनगर- दशैँलाई ध्यानमा दिई घरलु तथा कुटिर उद्योगहरुद्वारा उत्पादित वस्तुको व्यापार प्रवद्र्धन गर्न आजदेखि असोज १४ गतेसम्म ‘कोशेली महोत्सव’ शुरु भएको छ।     

 ‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौँ, स्वदेशी उत्पादनको प्रयोग गरौँ’ भन्ने मूल नाराका साथ महिला उद्यम समिति, उद्योग सङ्गठन मोरङ र नेपाल युवा उद्यमी मञ्च विराटनगरको संंयुक्त आयोजना महोत्सव सञ्चालन गरिएको हो।     
     
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महोत्सवको उद्घाटन गर्दै बिक्री कक्षहरुको अवलोकनसमेत गरे। महिलाद्वारा सञ्चालित उद्योगबाट उत्पादित वस्तुको बजार पहुँच, नयाँ उत्पादनबारे जानकारी, कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रको विकास, अग्र्यानिक वस्तुको उत्पादन र उद्योगमा जोड, महिला तथा युवाहरुमा उद्यमशिलताको विकासमा सघाउ पुर्‍याउन महोत्सवको आयोजना गरिएको संयोजक मनोज विक्रम शाहले जानकारी दिए।     
     
महोत्सवमा औद्योगिक उत्पादन, हस्तकलाका सामग्री, सिलाइकटाइका वस्तु, जुत्ता चप्पल, ढाका तथा उनीका कपडा, श्रृगारका साधन, घरायसी सामग्री, सूचना प्रविधि, अग्र्यानिक उत्पादन, स्थानीय समुदायका विभिन्न खानाका परिकारहरु गरी १ सय १२ वटा स्टल रहेका छन्।     
     
निःशुल्क प्रवेशको सुविधा रहेको महोत्सवमा ३० हजार दर्शकहरुले अवलोकन गर्ने विश्वास गरिएको छ। रासस

प्रकाशित: ११ आश्विन २०७६ १४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App