इरानसँग तेल र ग्यासको कारोबारलाई जारी राखिने : टर्की

शनिबार, ११ असोज २०७६, १९ : ३१ नागरिक

अङ्करा- अङ्कराले इरानबाट आयात गरिरहेको पेट्रोलियम पदार्थ तथा ग्यासको कारोबारलाई निरन्तरता दिने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताएका छन्।    

इरानमाथि अमेरिकीले लगाएको नाकावन्दीका वाबजुद पनि टर्कीले इरानसँगको प्राकृतिक ग्यास र तेलको आयातलाई नरोक्ने एर्दोगानले प्रतिवद्धता जनाएका हुन्।    

विश्वका अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको नेतृत्वमा विश्व शक्तिराष्ट्रहरूले सन् २०१५ मा इरानसँग आणविक सम्झौता गर्दै इरानमाथि लगाइएका आर्थिक प्रतिवन्धलाई विस्तारै खुकुलो पार्दै गइरहेका समय वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता संयुक्त राज्य अमेरिकाको हितमा नभएको भन्दै यसलाई नमान्ने घोषणासँगै अमेरिकाले इरानमाथि सम्झौतापहिले लगाइएका सबै नाकावन्दीलाई जारी राख्दै थप प्रतिवन्धहरूको घोषणा गरेको छ।     

अमेरिकाले इरानलाई नाकाबन्धी लगाएर तेहरानको तेल निर्यातलाई शुन्यमा झार्ने उद्देश्यसहित इरानसँग कारोबार गर्ने विश्वका अन्य मुलुकहरूलाई पनि इरानमाथि दवाव सिर्जना गर्न आह्वान गर्दै आएको छ।     

एर्दोगानले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्किनु पहिले पत्रकारहरूसँगको कुराकानीमा भने, 'हामीले इरानसँगको तेल र ग्यास कारोबारमा टर्कीको इरानसँग रहँदै आएको सम्बन्धलाई रद्द गर्न सक्दैनौ।'   

उनले भने, 'अमेरिकाले इरानमा रहेर काम गर्ने कम्पनीहरूलाई फिर्ता नबोलाएमा सम्बन्धित मुलुकलाई दिइँदै आएको सहयोगमा कटौति गर्ने चेतावनीपछि कतिपय निजी कम्पनीले इरानमा रहेका आफ्ना शाखाहरूलाई फिर्ता लाने क्रम बढेको छ।'   

खासगरी इरानबाट तेलको आयात गर्ने कतिपय मुलुकहरूले पनि अमेरिकी चेतावनीपछि आफ्नो इरानसँगको कारोबारलाई कम गरेका छन्। जसका कारण इरानमा आर्थिक सङ्कट बढ्दै गएको सञ्चारमाध्यमहरूले जनाएका छन्।     

तेलको कारोबार लगायतका कतिपय बिषयमा टर्कीले इरानसँगको सम्बन्ध टाढा बनाउन नचाहने भनाइ एर्दोगानको रहेको छ। इरान, टर्की र रूसले पछिल्लो समय सिरियामा जारी आठ बर्षभन्दा लामो द्वन्द्व अन्त्यका लागि संयुक्त पहल गरिरहेका छन्। रासस






यसमा तपाईको मत

अन्य समाचार

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ। ...

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा २०७६ माघ ०३ गते नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको...

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा बनेको छ। ...

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

Ncell Footer Ad