coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भारतद्वारा निर्मित कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन उद्घाटन

काठमाडौं - काठमाडौं महानगरपालिका १४ स्थित कुलेश्वर आवास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटनगरिएको छ। भारत सरकारको  ३ करोड ८६ लाख अनुदान सहयोगमा निर्मित तीन तले नवनिर्मित भवनको भारतीय दूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले शनिबार उद्घाटन गरेका हुन्।

भवनमा २० वटा कक्षा कोठा लगायत प्रत्येका तलामा छात्र छात्राका लागि छुट्टै शौचालय, अण्डरग्राउण्ड पानीट्याङ्की, सेप्टिक ट्याङ्की तथा फर्निचरको व्यवस्था रहेको छ। विद्यालय निर्माणको परियोजनालाई काठमाडौं जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको हो।

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। सन् १९८९ मा कुलेश्वर आवास परिवार कल्याण संस्थानले स्थापना गरेको यस कुलेश्वर आवास माध्यमिक विद्यालय सामुदायको सहयोगबाट सञ्चालित छ। हाल यस विद्यालयमा ८ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्। विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु समाजका सिमान्तकृत वर्गका छन्।

उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य, वडा अध्यक्ष शोभा सापकोटा तथा जिल्ला समन्वय अधिकृत श्री पीताम्बर अधिकारी लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागीता थियो।

प्रकाशित: ११ आश्विन २०७६ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App