coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

नायक हमाललाई पुरस्कार दिइने

काठमाडौँ- नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई एक लाख रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ।

करीब ३ सय चलचित्रमा अभिनय गरिसकेका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो।     

केन्द्रले असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए। सो अवसरमा नायक हमालले अभिनय गरेका विभिन्न चलचित्रका झण्डै ३० गीत विभिन्न कलाकारले गाउने छन्।

भारतीय गायिका साधना सरगम उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ। केन्द्रले २०५२ सालदेखि यस किसिमको कार्यक्रम गर्दै आएको छ। रासस

प्रकाशित: ११ आश्विन २०७६ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App