coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सिंगापुरद्वारा नेपाललाई १५२ रनको लक्ष्य

काठमाडौं–  सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य पेश गरेको छ। त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ।

इन्डियन एसोसियसनको मैदानमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गरेको थियो। उसले पुरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १५१ रन बनाएको थियो।

सिंगापुरका लागि कप्तान टिम डेभिडले सर्बाधिक ६४ रनको योगदान दिए।  नेपालका लागि करण केसीले २ विकेट र सुशन भारीले १ विकेट लिए।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित: ११ आश्विन २०७६ १३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App