७ वैशाख २०८१ शुक्रबार
समाज

बन्द विमानस्थलमा आइतबारदेखि 'रामलिला'

महेन्द्रनगर - भीमदत्त नगरपालिका – १६ मझगाउँस्थित बन्द अवस्थामा रहेको विमानस्थल मैदानमा आइतबारदेखि रामलिला संचालन हुने भएको छ। यसअघि महेन्द्रनगरको खुलामञ्चमा विगत चार वर्षदेखि रामलिला हुँदै आएको थियो।  भगवान रामचन्द्रको जीवनीमा आधारित रामलिला समिति कञ्चनुरको आयोजनामा रामलिला महोत्सव–२०७६ हुन लागेको हो।

लामो समय बन्द रहेको मझगाँउ विमानस्थल सुरु गर्नका लागि समेत प्रचारप्रसार गरिने आयोजकले जनाएको छ। रामलिला समिति कञ्चनपुरका अनुसार यस वर्षको रामलिलाले बन्द रहेको विमान स्थल सुरु गर्नका लागि प्रचारप्रसार, धार्मिक पर्यटकिय क्षेत्रको विकास तथा नेपाल पर्यटन भ्रमण वर्ष २०२० सफल पार्नका लागि बन्दरहेको बिमान स्थलमा रामलिला सार्थकता हुने निष्कर्ष निकालेको छ।

रामलिला समिति कञ्चनुरका अध्यक्ष शमरजङ्ग बहादुर चन्दले शनिबार साँझ ७ बजे रामलिलाको औपचारिक उद्घाटन हुने बताए। अध्यक्ष चन्दका अनुसार उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकास बहादुर रावलले रामलिला उद्घाटन गर्ने कार्यक्रम रहेको छ। रामलिलाको पुरा तयारी भइरहेको बताउदै अध्यक्ष चन्दले मझागाँउ विमानस्थलमा आयोजना हुने रामलिलाको सामरिक महत्व हुने दाबी गरे।

अध्यक्ष चन्दले रामलिला महोत्सवबाट संकलन भएको रकम मझगाँउ विमानस्थल शुचारुका लागि खर्च गरिने र शव बहान खरिद गरिने बताए। यसका साथै लोक परम्परागत धर्म,कला, भाषा एव संस्कृति संस्कारको संरक्षणका लागि नेपाली तथा डोटेली भाषामा मञ्चन हुने रामलिलाको प्राडा. भुपेन्द्र विष्टले गर्ने छन्।

रामलिला समिति कञ्चनुरका महासचिव नरेन्द्र राज जोशीले रामलिला सफल पार्नका लागि सय जति कलाकार रहेको बताए। उनका अनुसार समाजसेवी तथा व्यवसायी प्रमोद जाजोदियाको संयोजकत्वमा मुल समिति र विभिन्न उप समिति चयन गरिएका छन्। हेल्प नेपालका अध्यक्ष मदन चन्दलाई स्वयमसेवक उप समितिको जिम्मेबारी दिएको छ।

सफल व्यवसायी धर्मसिह रावल आर्थिक, बामदेव चटौत अतिथि सत्कार, शेर बहादुर चन्द लेखा, पुष्करराज जोशी मञ्च व्यवस्थापन, चन्द्रकला पन्तलाई महिला र बासुदेव भट्टलाई ब्याख्यानकर्ताको जिम्मेबारी दिएको छ। रामलिला समिति कञ्चनपुरका निर्वतमान अध्यक्ष दानसिह ठकुराठीले कञ्चनपुरबाट शुरुवात गरिएको रामलिला काठमाण्डौँसम्म गरिने घोषणा गरे। नि.अध्यक्ष ठकुराठीले रामलिलाको राप देशव्यापी बनाउनुपर्नेमा जोडदिए। पहिलो पटक मझगाँउमा रामलिला हुने भएपछि स्थानीय हर्षित भएका छन्।

स्थानीय एव मझगाँउ विमान स्थल शुचारुका लागि गठित संघर्ष समितिका सचिव राजेन्द्र बहादुर चन्दले रामलिला महोत्सवले थप उर्जा प्रदान गरेको बताए। उनले धार्मिक पर्यटन प्रर्बद्धनका लागि बन्द रहेको विमान स्थल शुचारुका लागि दवाव सिर्जना हुने बताए। रामलिला सम्पन्न गर्नका लागि झण्डै १०लाख बढि खर्च हुने अनुमान गरिएको छ।

१० दिनसम्म संचालन हुने रामलिला महोत्सवबाट संस्कृति संस्कारको ग्रहरणका साथै असामाजिकता र रामजस्तै असल चरित्र निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ११ आश्विन २०७६ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App