८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा शक्तिशाली भूकम्पको एक वर्ष

पालु- इन्डोनेसियाको पालु शहरलाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पको शनिबार एक वर्ष पूरा भएको छ। यस भूकम्पमा परी करिब ४ हजार व्यक्तिको मृत्यु भएको थियो।     

गत वर्षको सेप्टेम्बर महिनामा तटीय शहर सुलावेसीमा आएको ७.५ रेक्टर स्केलको भूकम्पको मारिएका व्यक्तिहरुको सम्झनामा सामूहिक प्रार्थना गर्ने कार्यक्रम सम्पन्न भएको सम्बन्धित अधिकारीहरुले जनाएका छन्।     
     
यस भूकम्पमा परी मारिएका र बेपत्तासहित व्यक्तिको सङ्ख्या करिब ४ हजार ३ सय भएको जनाइएको छ। सो भूकम्पको कारण घरबारबिहीन भएका करिब ६० हजार व्यक्तिहरु अझै बिभिन्न शरणार्थी स्थलमा रहेका बताइएको छ।     
     
इन्डोनेसियामा बारम्बार भूकम्पको प्रकोपले सतारहेको हुन्छ। इन्डोनेसियामा सन् २००४ मा गएको ९.१ भूकम्प र त्यसपछिको सुनामीमा परी कम्तीमा २ लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो। लाखौ व्यक्ति घरबारबिहीन भएका थिए। रासस

प्रकाशित: ११ आश्विन २०७६ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App