८ वैशाख २०८१ शनिबार
समाज

दुर्गा मूर्ती बनाउन कलाकारलाई भ्याइनभ्याई (फोटो फिचर सहित)

भैरहवा– सम्मरीमाई–६, रामनगरबस्दै आएका हरिजनलाई अहिले दशैका लागि दुर्गाको मूर्ति बनाउन भ्याइ नभ्याइ छ। परिवारको जीवीकोपार्जनकै लागि वर्षै देखि मुर्ति बनाउने पेशामा लागेका उनी यस वर्ष २० वटा मूर्ति बनाएका छन भने  ८ जनालाई रोजगार समेत दिइएका छन।

समय र माग अनुसार माटोको मूर्ति बनाउने भए पनि अन्य समयमा घरमै पत्थर र सिमेन्टको मुर्ति बनाउने गर्छन उनी।

‘विश्वकर्मा, दुर्गा, गणेश, लक्ष्मी भगवानको मूर्ति बनाउछु तर धेरै भारतिय मूर्ति आएर र नेपालमा नै धेरैले मूर्ति बनाउन सुरु गरेकोले मूल्य भने सोचे अनुरुपको पाउन सकेका छैन’,हरिजानले भने।

यस्तै रामदेव मुर्ति कला केन्द्रका संचालक वैजनाथ प्रजापति पुख्र्यौली पेशाका रुपमा रहेको मूर्तिकला पेशा लाई निरन्तरता दिदै यस वर्ष पनि भगवानका मुर्ति बनाएका छन्। सानै उमेरदेखि आफ्नै बुवा सग बसेर घरमा मूर्ति बनाउने कला सिकेको उनले माटोको मूर्ति बिक्रि गरेर वार्षिक रुपमा लाखौको आम्दानी गरेर १६ जनाको परिवार समेत पाल्दै आएका छन।

पुर्खाको पेसालाई जोगाउँदै कामलाई निरन्तरता दिदै भगवानको मुर्ति बनाएरै नाति नातिनाहरुलाई निजी आवसीय विद्यालयमा पढाउदै आनन्दले परिवार पालेको छन। 

हरिजन र प्रजापति जस्ता रुपन्देहीको भैरहवा, बनगाई, बेथरी, मर्चवार, लुम्बिनी लगायतका ठाँउमा माटो, काठ, वास, पराल आदिबाट मूर्ति बनाउदै छन। नेपाली माटो प्रयोग गर्दै तयार पारिएकोे मूर्ति आकर्षक र श्रृगार बढाउन आवश्यक रंग र कपडाहरु भने भारतबाट ल्याउनु पर्ने बाध्यता छ।

स्वदेशमै भारतभन्दा न्युन मुल्यमा मुर्ति पाइने गरेपनि भारतमा सस्तोमा पाइने मनोविज्ञानका कारण अधिकांश नेपाली भारत जाने गरेका छन।

सीमा क्षेत्रहरुमा विना भन्सार भारतबाट मूर्तीहरु आउछ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नियम ल्याए मुर्ति खरिदको नाममा बर्षेनी लाखौँ रुपैयाँको बिदेशीनबाट रोक्न सकिन्छ भने स्थानिय कलाले पनि महत्व पाउछन। यसैलाई नरोक्दा नेपाली कलाकारलाई मार परेको छ।

 

प्रकाशित: ११ आश्विन २०७६ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App