coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिया बगानमा कार्यरत महिलालाई नयाँ साडी

सुरुङ्गा- मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानमा कार्यरत महिला मजदुरहरुलाई निःशुल्क कपडा वितरण गरिएको छ।     
     
चाडपर्वको अवसर पारेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उनीहरुकै घरमा पुगेर कपडा वितरण गरेका हुन्। ज्याला मजदुरी गरेको पैसाले खान समेत नपुग्ने अवस्थामा रहेका उनीहरुलाई दसैं, तिहार तथा छठलगायतका महान चाडपर्व मनाउनका लागि उनले आफ्नो निजी खर्चमा उनीहरुलाई साडी वितरण गरेको वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचेले बताए।     
     
वडा अध्यक्ष मेचेको अगुवाइमा ५० जना भन्दा बढी महिलालाई साडी बितरण गरिएको हो। विपन्न समुदायका ती महिलाले नयाँ साडी पाएसंगै खुशी भएका छन्। रासस

प्रकाशित: ११ आश्विन २०७६ ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App