६ वैशाख २०८१ बिहीबार
समाज

माेटरसाइकल दुर्घटनामा असईको निधन

इलाम -  इलाम नगरपालिका–५, बिब्ल्याँटेस्थित नेपाल प्रहरी बिटका इन्चार्ज असई रवि मगरको मोटरसाइकल दुर्घटनामा निधन भएको छ। इलाम नपा–२, सुम्बेकको छाँगेखोलामा मोटरसाइकल ढुंगामा ठोक्किएर खस्दा ४८ वर्षे मगरको घटनास्थलमै मृत्यु भएको वडा–५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिए।

शनिबार दिउँसो साढे १ बजेतिर मोटरसाइकल कच्ची सडकबाट झन्डै ५० मिटर खसेको हो। मगर गाउँमा झगडाको सूचना आएकाले मोटरसाइकलको पछाडिपट्टि बसेर त्यसतर्फ जाँदैथिए। मोटरसाइकल चालक रामसेवक मोची भने सामान्य घाइते छन्। इनपा–५, बरबोटेको रामजानकी मन्दिरबाट खानीमार्ग हुँदै सुम्बेकतर्फ जाँदैगर्दा प्रहरीद्वय दुर्घटनामा परेको श्रेष्ठले बताए।

प्रकाशित: ११ आश्विन २०७६ १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App