सिनेटरी प्याड वितरणको व्यवस्थापन स्थानीय तहलाई

शनिबार, ११ असोज २०७६, १४ : ४१ नागरिक

काठमाडौँ- सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ।     
     
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सबै सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड निःशुल्क उपलब्ध गराउने सरकारको निर्णय कार्यन्वयन गराउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जानकारी दिइन्।     
     
सरकारले आगामी कात्तिक १ गतेदेखि विशेष कार्यक्रम गरी प्याड वितरणको शुभारम्भ गर्ने भएको हो। स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड वितरण व्यवस्थापन गर्ने छ।     

प्याड आवश्यक पर्ने छात्राको लागत राख्ने, वितरण गर्ने, प्रयोग भएका प्याडको उचित तरिकाले विसर्जनको व्यवस्था मिलाउने जिम्मा स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई जिम्मेवारी दिइएको छ।     
     
सरकारको गत भदौ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले छात्रालाई निःशुल्क प्याड उपलब्ध गराउने निर्णय गरेको थियो। प्याडको गुणस्तर तथा मापदण्ड स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गर्ने र त्यसको लागि बजेट व्यवस्थापन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साझाकोष खडा गर्ने छ। रासस   






यसमा तपाईको मत

अन्य समाचार

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ। ...

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा २०७६ माघ ०३ गते नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको...

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा बनेको छ। ...

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

लाईफरको एक्लूजिभ शोरुम

लाईफरको एक्लूजिभ शोरुम

शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच...

Ncell Footer Ad