६ वैशाख २०८१ बिहीबार
प्रवास

एनआरएनको लगानी नेपाल भित्र्याउन बालीमा छलफल

कार्यक्रममा अाफ्ना धारणा राख्दै एनअारएनए उपाध्यक्ष कुमार पन्त

लन्डन– विदेशमा रहेका नेपालीको लगानी कसरी नेपालमा भित्र्याउन सकिन्छ भन्ने विषयमा इन्डोनेसियाको बालीमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीले आयोजना गरेको 'बाली समिट'मा विभिन्न मुलुकमा रहेर व्यवसाय गर्दै आएका नेपालीहरु सहभागी भएका छन्।

भूकम्पका कारण हामी राहात र पुनर्निर्माणमा केन्द्रित भए पनि अब फेरि लगानीमा केन्द्रित हुनेछौं’ उनले भने, ‘विदेशमा रहेका साना नेपाली लगानीकर्ता समेट्दै हामी नेपालमा लगानी लैजान रणनीति बनाइरहेका छौं ।’

बैंकिङ, लगानी र उद्यमशीलता शीर्षकमा विभाजन गराएर प्यानल छलफल गराइएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका निर्देशक भीष्मराज ढुंगाना सहभागी थिए।

‘नेपालको विकासका लागि’ भन्ने अवधारणा केन्द्रित सो कार्यक्रममा सहभागी हुँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा जर्मनी केन्द्रित व्यवसायी कुमार पन्तले विश्वभर छरिएर रहेका नेपालीले लगानी नेपालमा लैजान सक्ने औंल्याए।

एनआरएनएको उद्देश्य सुरुदेखि नै लगानी नेपाल भित्र्याउने रहेको उल्लेख गर्दै उनले भूकम्पका कारण लगानीको विषय छायाँमा परेको जानकारी दिए। ‘भूकम्पका कारण हामी राहात र पुनर्निर्माणमा केन्द्रित भए पनि अब फेरि लगानीमा केन्द्रित हुनेछौं’ उनले भने, ‘विदेशमा रहेका साना नेपाली लगानीकर्ता समेट्दै हामी नेपालमा लगानी लैजान रणनीति बनाइरहेका छौं।’

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष भवन भट्ट लगायत विदेशमा रहेर व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तित्वहरु सहभागी थिए। उनीहरुले  बैंकिङ र उद्यमशीलता विषयमा आआफ्ना धारणा राखेका थिए।

 

प्रकाशित: ९ मंसिर २०७३ १४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App