coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पर्यटन क्षेत्रको विकासमा सरकार केन्द्रित छः खतिवडा

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई समृद्ध बनाउन सरकारले पर्यटन क्षेत्रको विकासमा जोड दिएको बताएका छन्। अर्थमन्त्री खतिवडाले मुलुकको समृद्धिका लागि पर्यटन र कृषि क्षेत्रको विकासमा सरकार केन्द्रित रहेको पनि बताएका हुन्।

विश्व पर्यटन दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गरिवी निवारणको क्षेत्रमा पनि पर्यटन क्षेत्रले अरु क्षेत्रले भन्दा धेरै राम्रो काम गर्ने पनि स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले सरकारले पर्यटन क्षेत्रको विकासका लागि नेपालको सांस्कृतिक तथा पूरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको कामलाई पनि तीव्रता दिएको बताए।

प्रकाशित: १० आश्विन २०७६ १५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App