६ वैशाख २०८१ बिहीबार
समाज

शिक्षक सेवा आयोगको प्रश्नपत्रमा गम्भीर त्रुटी, प्रश्नपत्रमै उत्तर हाईलाईट

सर्लाही- शिक्षक सेवा आयोगले शुक्रबार लिएको माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा परीक्षार्थीलाई वितरण गरेको वस्तुगत प्रश्नपत्रमा गम्भिर त्रुटी भेटिएको छ।

सदरमुकाम मलंगवास्थित पब्लिक मावि, सर्लाही क्याम्पसलगायतमा भएको अंग्रेजी विषयको परीक्षा अन्तर्गत बिहान ८ बजे परीक्षार्थीहरुलाई वितरण गरिएको कि घ वस्तुगत प्रश्नपत्रमा उत्तरलाई 'हाईलाईट' गरिएको फेला परेको हो।

किः क, ख, ग र घ गरी ४ थरी प्रश्नपत्र मध्ये कि घ मा रहेको ४० वटै प्रश्नमुनि लेखिएको ४ वटा बुँदा मध्ये मिल्ने उत्तरलाई हाईलाईट गरिएको थियो।

एक परीक्षार्थीले नै दोहो-याई तेहे-याई 'सबै प्रश्नको सही उत्तरजति त हाईलाईट पो गरिएको छ त' भनेपछि निरीक्षकहरुले उक्त प्रश्नपत्र तत्काल फिर्ता लिएर अर्को व्यवस्था गरेको एक परीक्षार्थीले जानकारी दिए। 'परीक्षामा सहभागी एक जनाले मात्र हाेइन सबै उत्तर त हाईलाईट गरिएको छ त भने, तैपनि निरीक्षकले तपाईको काम लेख्ने हो, लेख्नुस् न खुरुखुरु भनेका थिए', ति परीक्षार्थीले भने, 'उनले पटक पटक नै भनेपछि तत्काल निरीक्षकहरुले सबै विद्यार्थीबाट कि घ प्रश्नपत्र नियन्त्रणमा लिएर विषयगत प्रश्नपत्र बाँडेका थिए।'

बिहान ८ बजेदेखि ११ बजेसम्म हुनुपर्ने परीक्षा १२ बजेसम्म चलेको थियो । विषयगत प्रश्नपत्रको परीक्षा दिईरहेको समयमा कि क, ख र ग प्रश्नपत्रको फोटोकपी गरेर परीक्षार्थीहरुलाई बस्तुगतर्फको परीक्षा पछी लिईएको थियो।

शिक्षक सेवा आयोगलाई स्थानीय स्तरमा सहयोग गर्ने सर्लाहीस्थित शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयका शाखा अधिकृत रामआधार कुशवाहाले  आयाेगकाे प्रश्नपत्रमा उत्तर नै हाईलाईट भएकाे फेला परेपछि परीक्षा प्रभावित भएकाे बताए। "खासमा याे परीक्षा त रद्द हुनुपर्ने हाे, उत्तर हाईलाईट भएकाे कि घ प्रश्नपत्र बाँडेर खाेसेपनि पछि बाँडिएकाे कि क, ख र ग प्रश्नपत्र पनि  उही नै हुन्छ, खाली प्रश्नहरु तलमाथि मात्र गरिएकाे हुन्छ" कुशवाहाले भने, "प्रश्न तलमाथि भएपनि उस्तै नै हुने भएकाले, प्रश्नपत्र आउट भईगाे नी!"

शुक्रबार बिहान सदरमुकाम मलंगवामा माध्यमिक तहको अध्यापन अनुमति पत्र परीक्षामा परीक्षार्थीलाई वितरण गरी पछी फिर्ता लिईएको कि घ वस्तुगत प्रश्नपत्र । तस्बिर: टंक/नागरिक

प्रकाशित: १० आश्विन २०७६ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App