coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सिराहमा अपराध रोक्न विशेष सुरक्षा योजना

चाडपर्वको सुरक्षा योजना सुनाउँदै सिरहाका प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदी । तस्विरःमिथिलेश यदाव/नागरिक

लहान– दसैं, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय सिरहाले सुरक्षाको विशेष कार्ययोजना लागु गरेको छ। दशैंदेखि छठ पर्वलाई लक्षित गरि सीमादेखि गाउँ,टोल तथा सहरी क्षेत्रसम्म सुरक्षा योजना लागु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहामा आयोजित पत्रकार भेटमा सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले चाडपर्व अवधिभर लुटपाट, चोरी, तस्करी, सवारी दुर्घटना, पटका तस्करी, कालोबजारी, झै–झगडा तथा हिंसात्मक घटनाहरु हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गर्ने योजना उनले बताए।

  वर्दीधारी र सात्ता पोशाकमा गरी ५ सय १० जना प्रहरी समाजमा शान्ति अमनचयन कायम गरी सुरक्षाको प्रत्याभूति दिलाउन विशेष सुरक्षा योजना लागु गरेको उनले बताए।  

पूर्व–पश्चिम राजमार्ग तथा सहायक मार्गहरुमा सुरक्षित आवगमन,   बैंक वित्तीय संस्था र सेवाग्राहीमाथि हुने अवाञ्छित क्रियाकलाप रोक्न, नेपाल भारत सीमाबाट हुने अवैध तस्करी नियन्त्रण गर्न, सहरी तथा ग्रामीण इलाकामा हुन सक्ने आपराधिक घटना, नियन्त्रण गर्ने, जुवातास जस्ता गैरकानुनी कार्य नियन्त्रण गर्न सुरक्षा योजना लागु गरिएको एसपी चतुर्वेदीले बताए।

विशेष सुरक्षा योजना अन्तर्गत अन्तर सीमा अपराधका गतिविधिलाई समेत शुक्ष्म रुपमा निगरानी गर्ने तथा संवेदनशील क्षेत्रलाई विशेष निगरानी राखी सादा र बर्दीधारी प्रहरी टोली परिचालन गरिनेछ। लामो दूरीमा नियमित भ्यान गस्तीद्वारा अपराधजन्य कार्य नियन्ण गरीनेछ।

विभिन्न स्थानमा पिकेट खटाई सार्वजनिक स्थानमा हुन सक्ने दुव्र्यवहारका घटनालाई नियन्त्रण गरिने, मदिरा पसल र भट्टीमा निगरानीमा राखी राती सबेरै बन्द गराइने, बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी मोबाइल, पिकेट खटाइनेछ।

मेला स्थल, पर्व स्थल, व्यपारिक स्थल तथा मन्दिरहरुमा भीडको आडमा हुन सक्ने लुटपाटका घटना नियन्यण तथा निगरानीका लागि सादा पोशाकका प्रहरी खटाइनेछ।

धार्मिक स्थलहरुमा पूजापाठका लागि जाने महिला भक्तजनको गर गहना, नगद तथा जिन्सी सरसामान चोरी, यौन दुराचार जस्ता कार्य हुन सक्ने भएकाले सुक्ष्म रूपमा निगानी तथा कारबाहीका लागि सुरक्षाकर्मी परिचालन गरिने उनले बताए।

चाड पर्वको नाममा सीमा क्षेत्रबाट  भित्र्याउन पटाकाजन्य सामग्रीलाई रोकथाम तथा नियन्त्रण गरिने योजना छ। चाडपर्वको आडमा हुन सक्ने सीमा अपराध, लागु औषध औसार पसार, तस्करी जस्ता कार्य हुन नदिन प्रहरी परिचालन गरी कार्यान्वयन गरिने उनले बताए। 

भीड हुने स्थानमा चोरी, लुटपाट, ठगी जस्ता घटना हुन नपाउने गरी प्रहरी परिचालन गरिनेछ। बैंक तथा वितिय संस्थानबाट रकम झिकेर निस्कने सेवाग्राहीको शरीरमा अखाद्य वस्तु छर्की रकम लुट्न विगतका घटना हुन नदिने निगरानी बढाइनेछ, मेला पर्वमा हुन सक्ने घटना रोक्न सुरक्षा व्यवस्थापन मिलाइने एसपी चतुर्वेदीले बताए।
 

 

प्रकाशित: १० आश्विन २०७६ १३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App