८ वैशाख २०८१ शनिबार
समाज

आफ्नै ट्रकले च्यापेर चालकको मृत्यु

दोलखा– सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ। ट्रक चालक ३५ वर्षका विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रबार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ।

अस्पतालको ना ५ ख ८८५८ नम्बरको ट्रकमा अक्सिजनको सिलिण्डर लोड गर्ने क्रममा गाडीमा आफैं गुडेको थियो।

ओड नराखी झरेका चालक गाडी आफैँ सर्न खोजेपछि स्टेयरिङमा जान खोज्दा गाडी भित्तामा ठोकिन गई उनलाई अगाडिपटिको टायरले च्यापेको र उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १० आश्विन २०७६ १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App