coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पतिको अण्डकोेष काटेर हत्या गर्न खोज्ने श्रीमती पक्राउ

तेह्रथुम– आफ्नै पतिको अण्डकोष काटेर घाइते बनाउने म्याङलुङ नगरपालिका ३ बस्ने चन्द्र माया रसाईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिबार राति पति फौदबहादर रसाईलीको अण्डकोष काटेर हत्या गर्न खोजेको अभियोगमा चन्द्रमायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका  प्रमुख डिएसपी प्रधानले जानकारी दिए।

सामान्य घरायसी झगडामा मादक प्रदार्थ सेवन गरेका पति ६० वर्षीय फौदबहादुर रसाइलीको अण्डकोष धारिलो हतियार प्रयोग गरि क्षतविक्षत पारिदिएकी थिइन्। यस अघि पनि सामान्य झगडा गर्ने रसाइली परिवारमा यस पटक अकल्पनिय घटना भएको छिमेकी नारायण कटुवालले बताए। उनका अनुसार अण्डकोष काटिएपछि घाइते भएका फौदबहादुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला अस्पतालका चिकित्सकहरुले जिल्ला बाहिर गएर उपचार गर्न सुझाव दिए पनि आर्थिक अभावकै कारण जिल्ला बाहिर लैजान नसकिएकाले जिल्ला अस्पतालमै उपचार गराएको छिमेकी माधव दाहालले जानकारी दिए। प्रहरीद्धारा पक्राउ परेकी चन्द्रमायालाई म्यादथप गरि अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख डिएसपी प्रधानले जानकारी दिए।

प्रकाशित: १० आश्विन २०७६ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App