७ वैशाख २०८१ शुक्रबार
समाज

दसैं नजिकिँदै गर्दा बजार अनुगमन सुरू, छ्यापछ्याप्ति भेटियाे अखाद्य वस्तु

बजार अनुगमनका क्रममा जफत गरिएका अखाध्य सामाग्री नष्ट गरिदै । तस्बिरः नागरिक

तेह्रथुम– दसैं, तिहार जस्ता चाडबाडमा बजारमा अखाद्य वस्तु बिक्री हुने गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यलय बजार अनुगमनलाई तिव्रता दिएको छ। ग्राहक तथा व्यापारीलाई जिम्मेवार बनाउन जिल्लाका विभिन्न बजारहरुमा अनुगमन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समिति संयोजक भक्त बहादुर खड्काले जानकारी दिए।

अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी खड्काको नेतृत्वमा म्याङलुङ बजार जिरीखिम्ती बजार क्षेत्रमा गरिएको अनुगमनमा विभिन्न प्रकारका अखाद्य वस्तु र म्याद गुज्रेका सामानहरु जफत गरेको छ। अनुगमनका क्रममा जफत गरिएका समानहरु मसला, हर्लिक्स, अजिना तथा पेय पदार्थहरु रहेका छन्। त्यसैगरि कस्मेटिक पसलबाट म्याद गुज्रिएका पाउडर, क्रिम तथा बडि स्प्रेहरुसमेत जफल भएका छन्। 

प्रशासन, प्रहरी, जनप्रतिनिधी तथा सञ्चारकर्मीहरुको उपस्थितीमा भएको अनुमगनबाट पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरिएको पसलहरु, नगरपालिकामा दर्ता नभएका, अन्तशुल्कमा दर्ता हुन बाँकी रहेका, कर र्तिन बाँकी रहेका तथा होडिङ साथै साइनबोर्ड नराखी सञ्चालनमा रहेकालाई कानुनको दायरामा आउनका लागि आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए।

अनुगमनका क्रममा प्याकेजिङ सामानमा लेबल नराखी बिक्री गरेको, मूल्यसूची नराखेको पाइएपछि तत्काल कानूनी व्यवस्था अनुसार गर्न निर्देशन दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी खड्का अनुसार म्याङलुङ र जिरिखिम्ती बजार क्षेत्रका करिब  डेढ सय बढी पसलमा अनुगमन गरिएको छ।

यसैबीच बजार अनुमनमा जफत गरिएका अखाद्य वस्तुहरुको शुक्रबार अनुगमन समितिले नस्ट गरेको छ। समितिले जिरीखिम्ती बजार र म्याङलुङ बजारबाट जफत गरिएका ५५ प्रकारका करिब ४१ हजार ९ सय ६३ रुपैयाँको अखाध्य सामाग्री नस्ट गरेको छ।

आगो लाग्ने सामाग्रीको आगो लगाएर र अन्यको खाल्डोमा पुरेर नस्ट गरेको अनुगमन समितिका संयोजक खड्काले जानकारी दिए। दसैं तिहारको समयमा विगतका वर्षहरुमा जिल्ला र जिल्ला बाहिरका व्यापारीहरुले पसलमा बिक्री नभई बाँकी रहेको अखाद्य वस्तुसमेत बिक्री गर्ने गुनासो आएपछि बजार अनुगमनलाई तिब्रता दिएको हो।

प्रकाशित: १० आश्विन २०७६ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App