coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थप तीन नेपाली पक्राउ, मूख्य योजनाकार फरार

काठमाडौं– कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणको अनुसन्धानमा रहेका प्रहरी टोलीले थप तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याल रहेको छन्। उनीहरु पनि यस अपराधमा संलग्न भएको भन्दै प्रहरीले भट्टलाई कन्चनपुर, न्यौपानेलाई पर्वत र बस्यायलाई काठमाडौ नयाँ बसपार्कबाट नियन्त्रण लिएको हो।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने ‘भट्टको महेन्द्रनगरस्थित कृषि विकास बैंकको शाखाको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको छ। त्यस्तै पर्वतकी मालतीदेवी न्यौपानेको खातामा २४ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको छ।’

हिजो बिहीबार पनि प्रहरीले स्याङ्जाका रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो। उनी प्रतीक्षा निर्माण सेवाको प्रोपाइटर हुन्। यसअघि अपराध महाशाखाको टोलीले पक्राउ गरेका १२ जनालाई बुधबार सार्वजनिक गरेको थियो।  योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ।

घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका काले भनिने पिटर भने फरार छन्। उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७६ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App