७ वैशाख २०८१ शुक्रबार
समाज

दृष्टिविहीनले अब सहजै पुस्तक पढ्न सक्ने

काठमाडौं– दृष्टिविहीनले अब सूचना प्रविधिको प्रयोग गरी पुस्तक पढ्न पाउने भएका छन् । राजधानीको दृष्टिविहीन कल्याण संघमा अपांगता अधिकार र विकासका लागि क्रियाशील संस्था नेपालका अध्यक्ष विरेन्द्रराज पोखरेलले एडोब इनडिजाइन सफ्टवेयरबाट प्रकाशित पाठ्यपुस्तक दृष्टिविहीनले सजिलै पढ्न सक्ने प्रविधि प्रयोग गर्न आग्रह गरे ।

पोखरेलका अनुसार इनडिजाइनमा सामग्री तयार पारी प्रकाशित पाठ्यपुस्तक कम्प्युटर वा ल्यापटपमा अजारी वा डिडि रिडरमध्ये कुनै एक सफ्टवेयर इन्स्टल गरेर दृष्टिविहीनले पढ्न सक्छन् । त्यस्तै एन्ड्रोइड अपरेटिङ सिस्टम भएको मोबाइलमा गो रिड सफ्टवेयर राखेर पुस्तक पढ्न  इ–स्पिक एप्लिकेसन गुगलबाट निःशुल्क डाउनलोड गरेर दृष्टिविहीनले पुस्तक सुन्न सक्छन् ।

इनडिजाइनमा तयार पारिएको पुस्तक छापामा, ब्रेलमा र आवाजयुक्त ढाँचामा एकै पटक प्रकाशन गर्न सकिने अध्यक्ष पोखरेलले बताए । दृष्टिविहिन तथा अपांगता भएकालाई सक्षम बनाउन सूचना प्रविधिसम्बन्धी तालिम दिँदै आइरहेको संस्थाले विश्व बौद्धिक सम्पत्ती संस्था र डेजी कन्सर्टियमको सहकार्यमा प्रशिक्षण दिएको थियो ।

संस्थाले उपत्यकाका सरकारी र आठ निजी प्रकाशकसहित १७ प्रकाशकलाई पुस्तक प्रकाशनमा इनडिजाइन सफ्टवेयरसम्बन्धी प्रशिक्षण भारतीय प्रशिक्षकबाट दिएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनका अनुसार ‘बल्खुको रिडमोहर प्रकाशकले पुस्तक प्रकाशनमा इनडिजाइनको प्रयोगबारे परीक्षण गरिरहेको छ ।

प्रकाशित: ९ मंसिर २०७३ ११:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App