८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

टोङ्गामा नयाँ प्रधानमन्त्री नियुक्त

सुभा- टोङ्गाका अर्थमन्त्री पोहिभा टु आई वान्टोआ नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

पूर्व प्रधानमन्त्री आकिलीसी पोहिभाको ठाउँलाई बान्टोआले प्रतिस्थापन गरेका हुन्। आकिलिसीको गत सेप्टेबर १२ मा निधन भएको थियो। टापुले भरिएको यस देशको मताङ्गी टोङ्गी अनलाइनका अनुसार टोङ्गा संसदमा भएको निर्वाचनमा वान्टेआ नियुक्ति भएका हुन्।    

टोङ्गाका २३ जना सांसदले दिएको मतबाट उनी निर्वाचित भएको समाचारमा जनाइएको छ। सन् २०१० नयाँ सरकार प्रणाली अन्तर्गत प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अनुसार सदनका अध्यक्ष लर्ड फकाफानुआले प्रधानमन्त्रीको निर्वाचनको लागि आह्वान गरेका थिए।   

वान्टोआले अब नयाँ मन्त्रिमण्डल गठन गर्ने छन्। रासस   

प्रकाशित: १० आश्विन २०७६ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App