coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

न्यायपालिकाप्रतिको विश्वसनीयता बढाउन सबै लागौँ– प्रधानन्याधीश

काठमाडौं– प्रधानन्याधीश चालेन्द्रशम्शेर जबराले न्यायपालिकाप्रतिको विश्वसनीयता वृद्धि गर्न लाग्नुपर्ने बताएका छन्।

सर्वोच्च अदालतलद्वारा विजयादशमी, तिहार, नेपालसम्वत् तथा छठ पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रसाद तथा चियापान समारोहमा उनले चाडपर्वले मुलुकको विविधता र एकताको सन्देश दिँदै सबैलाई न्यायपूर्ण समाज निर्माण गर्न शुभकामना दिएका हुन्। 

‘नेपाल बहुजाति, बहुधार्मिक मुलुक हो, यसको विकास, समृद्धि र न्यायपूर्ण समाजको निर्माणमा पर्वले प्रेरणा गरोस्, मेरो शुभकाना छ’ उनले भने, ‘नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिकाको परिकल्पना गरेको छ।’

सर्वोच्च अदालतले पर्वका अवसरमा प्रत्येक वर्ष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने गरेको छ।

सो समारोहका कानून, न्याय तथा संसदीय ममिलामन्त्री भानुभक्त ढकाल, महान्यायाधिवक्ता अग्नि खरेल, सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीशलगायतको उपस्थिति रहेको थियो। रासस

प्रकाशित: १० आश्विन २०७६ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App