६ वैशाख २०८१ बिहीबार
राजनीति

खुला दिसामुक्त हुनु ठुलो उपलब्धि हो, राष्ट्रिय उत्सवकै रुपमा घोषणा हुन्छः मन्त्री मगर

काठमाडौं– सरकारले यही असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ। खानेपानी मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असोज १३ गते सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी गराएको हो।

सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएकाले राष्ट्रिय उत्सवकै रुपमा मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने निर्णय गरिएको खानेपानी मन्त्री बीना मगरले जानकारी दिइन। उनले सो अभियानलाई सफल बनाउन सबै मन्त्रालय, सम्वद्ध पक्ष र सर्वसाधारणलाई पनि अपिल गरिन्।

सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो। सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। यो अभियान स्कुल तह, जिल्ला तहहुँदै अघि बढाइएको पनि मन्त्री मगरले बताए। अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सक्ने अवस्थामा आई पुगिएको पनि खानेपानी मन्त्रालयको भनाई छ। नेपालमा खुला दिसामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानलाई तीव्रता दिने सरकारको योजना छ।

प्रकाशित: १० आश्विन २०७६ ०९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App