coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुर्खेतलाई अपराधमुक्त बनाउँछौँ– प्रहरी प्रमुख पन्त

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले सुर्खेतलाई अपराधमुक्त जिल्ला बनाइने बताएका छन्। राजधानी वीरेन्द्रनगरमा आपराधिक गतिविधि बढेको जनगुनासो आएकाले यस जिल्लालाई  अपराधमुक्त जिल्ला बनाउने तयारीमा आफू लागेको उनले बताए।

‘अपराधमुक्त समाज निर्माणका लागि प्रहरी अहोरात्र खट्ने छ नै’, प्रहरी उपरीक्षक पन्तले  भने, ‘यसका लागि सबैको सहयोग पनि अपरिहार्य छ।’ नेपालीको महान् पर्व दशैँ तथा तिहार नजिकिँदै गरेको भन्दै उनले उक्त अवसरमा थप सुरक्षा मजझुत पार्ने बताए।

‘त्यस अवधिका लागि शान्तिसुरक्षा योजना बनाउँदै छौँ’।’ उनले भने, ‘चाड पर्वको समयमा बढी निगरानी राख्नुपर्ने भएकाले यहाँका गाउँ तथा नगरमा प्रत्येक टोलटोलमा हरेक दिन आठ वटा प्रहरी टोली खटाइने छ।’

घरेलु मदिराका कारण आपराधिक घटना हुने भएकाले  यसको नियन्त्रणका लागि जिल्लाका सबै प्रहरी एकाइलाई निर्देशन दिइएको जनाउँदै प्रहरी प्रमुख पन्तले भने,‘सुर्खेतमा अब गुण्डागर्दी हुँदैन। यस्ता आपराधिक कार्य नियन्त्रणका लागि फरक रणनीति अपनाएका छौँ।’ रासस

प्रकाशित: १० आश्विन २०७६ ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App