४ वैशाख २०८१ मंगलबार
प्रवास

एनआरएनए अफ्रिका क्षेत्रीय बैठकको तयारी तीब्र

दार ए-सलाम (तान्जनिया)— गैर आवासीय नेपाली संघ (एनआरएनए) को अफ्रिका क्षेत्रीय बैठकको तयारी तान्जानियाको दार-ए-सलाममा तीब्र रुपमा भइरहेको छ। डिसेम्बर २४ र २५ मा हुने सो बैठकमा अफ्रिका महादेशका गैरआवासीय नेपालीले भोग्नुपरेका समस्या र समाधानबारे छलफल हुनेछ।

अफ्रिका क्षेत्रीय बैठकमा नेपालबाट अफ्रिका ट्रन्जिट भएर हुने मानव तस्करी, दुताबास र कुटनीतिक निकाय नहुँदा नेपाली श्रमिकले भोग्नु परेका समस्या, अफ्रिका राहत कोषको विस्तार लगायतका विषयमा छलफल हुने एनआरएनए आइसीसी कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए।

बैठकमा एक दर्जन भन्दा बढी अफ्रिकास्थित एनआरएनएका राष्ट्रिय समन्वय समितिको उपस्थिति रहनेछ।

बैठकको आयोजना गर्न अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्की संयोजक र एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापा सहसंयोजक रहेको एक आयोजक समितिले काम गरिरहेको छ। तयारी तीब्र रुपमा भइरहेको संयोजक सुनिल कार्कीले जानकारी दिए।

बैठकमा दक्षिण अफ्रिकास्थित लागि नेपाली राजदुत अमृत राई लगायत एनआरएनएका पदाधिकारीको सहभागिता रहनेछ।   

प्रकाशित: ९ मंसिर २०७३ १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App