६ वैशाख २०८१ बिहीबार
अर्थ

विश्व पर्यटन दिवसमा प्रभातफेरी

काठमाडौं– शुक्रबार ४०औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। ‘टुरिज्म एन्ड जव्सः अ बेटर फ्युचर फर अल’ मूल नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायीको सक्रियतामा दिवस भव्यताका साथ मनाइएको हो। 

दिवसकै अवसरमा मूल आयोजक समितिले आज बिहान प्रभातफेरी आयोजना गर्र्यो। ठमेलस्थित कर्मचारी सञ्चयकोष भवन परिसरबाट शुरु भएको झाँकी बाँजागाजासहितको र्याली नारायणहिटी दरबारको पूर्वतर्फ निर्माण गरिएको गणतन्त्र पार्कमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।

र्यालीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, निजी क्षेत्रका पर्यटन व्यवसायी, सङ्घसंस्थालगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो। नागपोखरीस्थित गणतन्त्र पार्कमा अहिले औपचारिक कार्यक्रम शुरु भएको छ।

पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र भ्रमण वर्ष सचिवालयले संयुक्त रुपमा आयोजना गरेको पर्यटन दिवस मूल समारोहको पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले उद्घाटन गरे। संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र पर्यटन सचिव केदारबहादुर अधिकारीले विश्व पर्यटन दिवसका अवसरमा छुट्टाछुट्टै शुभकामना व्यक्त गर्दै दिवसबाट नेपाली पर्यटन क्षेत्रको विकास, विस्तार र स्थायित्वमा नयाँ आयाम थप्नुका साथै आगामी वर्ष पर्यटन क्षेत्रका लागि सुखद वर्षका रुपमा रहोस् भनी कामना गरेका छन्। 

पर्यटनको माध्यमबाट बढीभन्दा बढी रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई मजबुद तुल्याउन तथा वातावरणको दिगो व्यवस्थापनका लागि आवश्यक सजकता अपनाउँदै यस क्षेत्रको विकास प्रवरद्रधनमा सरकार प्रतिबद्ध रहेको शुभकामन सन्देशमा उल्लेख छ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धनात्मक गतिविधि तीव्र रुपमा अघि बढेको र अभियानलाई सफल बनाउन आम समुदायको सक्रिय भूमिका चाहिने सन्देशमा भनिएको छ। रासस

प्रकाशित: १० आश्विन २०७६ ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App