४ वैशाख २०८१ मंगलबार
अर्थ

अवरुद्ध तातोपानी नाका फेरि सञ्चालन

काठमाडौं – अवरुद्ध रहेको सिन्धुपाल्चोकको तातोपानी नाका शुक्रबारदेखि फेरी सञ्चालनमा आउने भएको छ। निरन्तरको वर्षाको कारण चीनको रमिते भन्ने ठाउँमा सडक भत्किएपछि एक सातादेखि सडक अवरुद्ध भएको थियो। 

अध्यागमन कार्यालय तातोपानीका प्रमुख रामचन्द्र काफ्लेले  चिनियाँ अध्यागमन कार्यालयले शुक्रबारदेखि कन्टेनर छाड्ने जानकारी दिएको बताए। चिनियाँ पक्षले सुरुमा तीन दिनमा सडक मर्मत भइसक्ने जानकारी गराए पनि मर्मतका लागि ६ दिन लागेको प्रमुख काफ्लले जानकारी दिए। काफ्लेका अनुसार खासा क्षेत्रमा पानी धेरै परेको कारण सडक मर्मत गर्न ढिला भएको चिनियाँ पक्षले जानकारी दिएका थिए।

नेपालीहरुको महान चाड दसैंको मुखमा नाका अवरुद्ध हुँदा चीनबाट आयात गरिने सामान समयमै ल्याउन नपाएको व्यवसायीहरुले बताएका छन्। ०७२ सालको विनाशकारी भूकम्पले बन्द भएको तातोपानी नाका ०७६ जेठ १५ देखि सञ्चालनमा आएको थियो। भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठका अनुसार दसैंको लागि चीनको खासाबाट भोली भेडाच्याङग्रा तातोपानी आइपुग्ने जानकारी पाएको बताए।

सञ्चालनमा आएको चार महिनामै मुख्य सिजनको समयमा बन्द ६ दिन नाका बन्द हुँदा दसैंको सामान लागि आउन सकेको थिएन्। नाका सम्बद्ध व्यापारी अर्जनु सापकोटाले सडक अवरुद्ध भएर तातोपानी बन्द हुँदा व्यापारीहरु मारमा परेको बताउँछन्। सापकोटाका अनुसार तातोपानीबाट लत्ता कपडा, जुत्ता, फलफुल, इलोक्ट्रिक सामानलगायत नेपाल भित्रिने गरेको थियो।

अध्यागमन प्रमुख काफ्लेका अनुसार जेठ १५ गतेदेखि नाका सञ्चालनमा आएपछि दैनिक सरदर ५, ६ कन्टेनर नेपाल भित्रिने गरेको थियो।

त्यसोत भूकम्पले तातोपानीको बाटो क्षतविक्षत बनाएपछि रसुवाको केरुङ नाका सञ्चालनमा आएको थियो। त्यहाँ पनि निरन्तरको वर्षाले सडक अबरुद्ध भएपछि केहि समयअघि देखि बन्द रहेको छ। रसुवा नाका बन्द भएपछि तातोपानी नाकाबाट दैनिक ३८ वटा कन्टेनर भ्यान नेपाल आउने गरेको प्रमुख काफ्ले बताउँछन्। काफ्लेका अनुसार धेरै जसो फलफुल र केहि ऊन बोकेको कन्टेनर पनि नेपाल भित्रिएको थियो। उनका अनुसार फलफुलमध्ये स्याउका कन्टेनर नेपाल भित्रिएको उनले जानकारी दिए।

तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतका अनुसार साउनदेखि भदौ महिसम्म करिब १० करोड रुपैयाँ राजस्व संकलन भएको बताए। उनले भने ‘जेठ र असार त नाका खुल्यो भन्ने मात्रै भयो, खासै सामान आएन तर साउन र भदौमा करिब १० करोड रुपैयाँ राजस्व संकलन भयो।’ उनका अनुसार सडक अवरुद्ध भएर नाका बन्द हुनु अगाडी दसैंको सामान तातोपानी नाकाबाट खासै नेपाल भित्रिएको छैन्। ‘अहिले पहिलाको जस्तो सहज रुपमा आवतजावत गर्न दिइएको छैन्’ न्यौपानेले नागरिकसँग भने ‘हामीले १० करोड राजस्व उठाउँदा रसुवाले एक अर्ब राजस्व उठाएको छ। अब के सामान आयो भन्नु र।’ सहज रुपमा आवतजावत गर्न दिइयो भने पहिलाको जस्तो राजस्व संकलन हुने भन्सार प्रमुख न्यौपानेले बताए।

प्रकाशित: १० आश्विन २०७६ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App