८ वैशाख २०८१ शनिबार
समाज

भारतीय पर्यटकले भने– ‘सुन्दर रारालार्इ नेपालले बेवास्ता गर्याे’

रारा ताल। तस्बिरः टेकनारायण भट्टरार्इ

जुम्ला– भारत उत्तर प्रदेशका निर्मलकुमार अग्रवाल एक साताअघि स्वर्गकी अप्सराको उपमा पाएको रारा हेर्न कर्णाली आए। राराकाे सुन्दरताले उनलार्इ माेहित गर्नु त स्वभाविक नै थियाे, उनकाे कारले भने स्थानीयलार्इ माेहित गर्याे।

उनले युपी ३२ एचएल ८१४० नम्वर प्लेटको कार कर्णाली सडक हुँदै रारासम्म पुर्याएर फर्कंदा जुम्लावासी अचम्मित भए। जीप र बस गुडाउन मुस्किल परिरहेको ठाउँमा सानो कार गुडेपछि हेर्नेको घुईंचो लागेको थियो। भारतीय कार रारा पुगेको सम्भवतः यो नै पहिलो अवसर थियो। तालमा पुग्दा पर्यटकभन्दा कार हेर्ने मानिसहरुको घुईंचो लाग्यो।

सडक  खराब छ भन्ने हल्ला सुन्दासुन्दै पनि भारतीय कार जुम्लामा पुग्यो। भारतीय पर्यटक अग्रवालले भने– ‘रारा त स्वर्गकी परी जस्तो रहेछ।’ स्वर्गकी अप्सरा जस्तो रारा तालको संरक्षणमा सबैले चासो दिनु पर्ने उनले बताए।

‘राराको संरक्षण गर्न सके भारतको उत्तर प्रदेशवाट आउने पर्यटकबाटै कर्णालीमा पर्यटनको विकास भई यो ठाउँ नै आर्थिक–सामाजिक रुपमा सम्पन्न बन्न सक्छ,’ उनले भने। जुम्लामा भारतीय नम्बर प्लेटको कारसहित पर्यटक पुग्दा यहाँका पर्यटन व्यवसायीले खादा पहिर्याएर मनैदेखि स्वागत गरे।

रारा ताल पुगेर फर्किएको उत्तर प्रदेशको कार। तस्बिरः डिवी वुढा।

अग्रवालले उत्तर प्रदेश हुँदै मुगुको रारा पुगेर कार खलंगा पुर्याएका थिए।  

‘कर्णालीलाई प्रकृतिले अनुपम उपहार सुम्पेको छ,’ अग्रवालले भने, ‘तर, राज्यले बेवास्ता गर्दा ख्याती कमाउन सकेको छैन।’ कर्णालीलाई सुगमका मान्छेले हेर्ने दृष्टिकोण निकै दुर्गम भएको उनको बुझाई छ। अब राराले कर्णालीको ईज्जत धान्ने र आर्थिक सामाजिक विकासमा कायापटल ल्याउन सक्ने उनको विश्वास छ। सुर्खेत–जुम्ला सडकलाई सरकारले जोडतोडका साथ स्तरोन्नती गर्न सके राराले सबैको ध्यान खिच्ने उनको भनाइ थियो।

‘राराको सुन्दरताले हरेक व्यक्तिको मन लोभ्याउन सक्छ,’ पर्यटक अग्रवाले भने, ‘नेपाल सरकारले सडक विस्तारमा जोड दिनसक्नु पर्छ। उनले जुम्लादेखि रारासम्मको ९३ किलोमिटर बाटो क्रस गर्न ८ घण्टा लाग्नु विडम्वना भएको भन्दै सडकको स्तरोन्नती र रााराताल आसपासमा सुविधा सम्पन्न होटलको व्यवस्था गर्न सरकार एकसाथ लाग्नु पर्ने उनको सुझाव छ।  
उनले भने तालको सुन्दरता अनुसारको हरेक व्यवस्था मिलाउन सके आन्तरिक पर्यटकको भीड थेक्न नसकिने अवस्था देखिन्छ।

उत्तर प्रदेशका अग्रवालसँगै रारा पुगेका नेपालका शालिग्राम ढकालले नेपालको पर्यटनलाई स्वीटजरल्याण्डकै जस्तो गरी विकास गर्न सकिने बताउँदै सडक मात्र राम्रो भैदिए भारतीय पर्यटकहरुले मात्र यो क्षेत्रको तीव्र विकास हुनेमा जोड दिए। उनले भने सरकारले सुर्खेत जुम्ला सडक खण्डमा जति प्रगति गर्नुपर्ने होे त्यो हुन नसेको व्यापक जन गुनासोे छ।

‘रारा बयान गरिए जस्तो विकट छैन,’ पर्यटक ढकालले भने, ‘तर निकै विकट रहेको हल्ला बाहिर छ।’ य कार रारामै पुरयाउदा खुुसी लागेको वताए । कर्णाली अंचलको मुगुमा अवस्थित रारातालले यो वर्ष पैसठ्ठीहजार पर्यटक भित्र्याउन सफल तथ्यांक प्राप्त भएको छ  ।

 

 

प्रकाशित: ९ मंसिर २०७३ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App