coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अष्ट्रेलियाको भिषा सेन्टर काठमाडौंमा राख्न आग्रह

परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत

क्यानबेरा (अस्ट्रेलिया)—परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले अष्ट्रेलियाली विदेशमन्त्री जुलिया बिसपसँग भेटवार्ता गर्दै काठमाडौंबाटै अष्ट्रेलियाको भिषा उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेका छन्।

परराष्ट्रमन्त्री महतले बिहीबार अस्ट्रेलियाली राजधानी क्यानबेरामा बिसपसँग भेटवार्ता गरेका हुन्। भेटका अवसरमा आपसी सम्बन्ध र द्विपक्षीय हितका विषयमा कुराकानी भएको भएको बताइएको छ। 

गत वर्ष नेपालमा आएको भूकम्पपछिको उद्धार र सहायताका लागि पुर्‍याएको सहयोगका लागि मन्त्री महतले अस्ट्रेलियाली सरकार र नागरिकलाई धन्यवाद दिएका थिए।

मन्त्री डा.महतले नेपालमा अस्ट्रेलियाली दूतावास भए पनि प्रवेशाज्ञाका लागि नयाँदिल्ली जानुपर्ने भएकाले विद्यार्थीसहित थुप्रै नेपालीलाई समस्या भइरहेको तर्फ ध्यानाकर्षण गराए। उनले नेपालमै ‘भिसा सेक्सन’ राख्ने व्यवस्थाका लागि आग्रह गरे।

पछिल्ला वर्षहरुमा अस्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीको सङ्ख्या बढ्नु र सानो सङ्ख्यामा भए पनि अध्ययन एवम् अनुसन्धान गर्न अस्ट्रेलियाली विद्यार्थी नेपाल जानु पनि जनस्तरको सम्बन्धमा सकारात्मक पाटो भएको मन्त्री बिसपले उल्लेख गरेका थिए। 

सोही क्रममा मन्त्री डा.महतले नेपालमा अस्ट्रेलियाली दूतावास भए पनि प्रवेशाज्ञाका लागि नयाँदिल्ली जानुपर्ने भएकाले विद्यार्थीसहित थुप्रै नेपालीलाई समस्या भइरहेको तर्फ ध्यानाकर्षण गराए। उनले नेपालमै ‘भिसा सेक्सन’ राख्ने व्यवस्थाका लागि आग्रह गरेको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिए। 

नेपालमा जलविद्युत्, लघु उद्यम, नागरिकको जीवनस्तरमा विकाससम्बन्धी आयआर्जनका कार्यक्रम, सामुदायिक वन, शिक्षा तथा प्रविधिलगायतका विभिन्न क्षेत्रमा अस्ट्रेलिया सरकारले सहयोग गर्दै आएको छ। 

भेटका क्रममा विदेशमन्त्री बिसपले नेपाल सरकारले भूकम्पपीडितलाई सहयोग र पुनःनिर्माणको काम के कसरी गरिरहेको छ भन्ने बारेमा चासो व्यक्त राखेका थिए। 

मन्त्री महतले नेपालको भ्रमणका लागि विदेशमन्त्री बिसपलाई निमन्त्रणा दिएका छन्। जवाफमा विदेश मन्त्री बिसपले समय मिलाएर उपयुक्त समयमा आफूले नेपालको भ्रमण गर्ने बताए।

अन्तर्राष्ट्रिय विकासमन्त्रीसँग भेटवार्ता 
यसैबीच आजै परराष्ट्रमन्त्री डा महत र अस्ट्रेलियाली अन्तर्राष्ट्रिय तथा प्रशान्त क्षेत्रका विकासमन्त्री कनकाटा फारवेन्टी वेल्सबीच भेटवार्ता भएको छ। भेटमा मन्त्री डा.महतले नेपालमा लगानी र सहयोग अभिवृद्धिका लागि आग्रह गरेका थिए। 

उनले नेपालमा रहेका भुटानी शरणार्थी, जलवायु परिवर्तनको असर, नेपालले भूकम्पपछि गरेको पुनःनिर्माणको कार्यलगायतका विषयमा जिज्ञासा राखेका थिए। 

मन्त्री डा.महतले अस्ट्रेलियासँग नेपालको अन्तर्राष्ट्रिय मुद्दाहरुमा समान धारणा रहँदै आएको र आगामी दिन घनिष्टताका साथ थप सहकार्य गर्न चाहेको बताएका थिए। उनीसँग पनि मन्त्री महतले नेपालमा रहेको अस्ट्रेलियाली दूतावासबाटै प्रवेशाज्ञा दिने प्रबन्धका लागि आग्रह गरेका थिए।

भेटका अवसरमा अस्ट्रेलियाका लागि नेपाली कार्यबाहक राजदूत राजेन्द्र पाण्डे उपस्थित थिए।


 

 

प्रकाशित: ९ मंसिर २०७३ ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App