७ वैशाख २०८१ शुक्रबार
समाज

भिन्नाभिन्नै दुर्घटनामा तीनजनाको मृत्यु

मकवानपुर - मकवानपुरमा भएको तीन भिन्नाभिन्नै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका ११ थानाभ¥याङ, हेटौंडा ११ राप्तीपुलनजिक र भीमफेदी गाउँपालिका ६, माण्डुमा बिहीबार भएका दुर्घटनामा तीनजनाको ज्यान गएको हो।

भीमफेदी गाउँपालिका ६, माण्डुस्थित भित्री सडकमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भयो। सो दुर्घटनामा तीनजना घाइते भए। ना६त ६०३५ नम्बरको ट्रयाक्टर पल्टिँदा भीमफेदी ३ का १७ वर्षीय उमेश बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। दुर्घटनामा भीमफेदी ३ का ट्रयाक्टर चालक १७ वर्षीय राजीव पोखरेल, १८ वर्षीय दुर्गा कार्की र २० वर्षीय राजु बस्नेत घाइते भएका छन्। घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको उनले बताए।

त्यस्तै राप्ती पुलनजिक बसले ठक्कर दिँदा पैदलयात्रु सिन्धुपाल्चोक घर भई हेटौंडा ११ बस्ने ४५ वर्षीय चिश्मभक्त श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। भारत सिलगुडीबाट काठमाडौंतर्फ जाँदै गरेको ना५ख ७९४२ नम्बरको बसले ठक्कर दिँदा घाइते भएका श्रेष्ठको उपचार क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले बस र चालक झापा दमक नगरपालिका १० का ३५ वर्षीय सुदन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

थानाभ¥याङमा भएको दुर्घटनामा पनि बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भयो। चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना३ख ३५५६ नम्बरको बसले ठक्कर दिँदा सर्लाही घर भई हेटौंडा ११ सिमलटार बस्ने ७० वर्षीय कृष्णबहादुर स्याङ्तानको मृत्यु भएको प्रहरी उपरीक्षक सिंहले बताए। उनका अनुसार ठक्कर दिने बसलाई नियन्त्रणमा लिइएको छ भने फरार भएका चालकको खोजी भइरहेको छ।

प्रकाशित: १० आश्विन २०७६ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App