coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यौन दुर्व्यवहारमा नेपाली भिक्षु सिंगापुर जेलमा

सिंगापुर - महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ४२ वर्षीय नेपाली भिक्षु दावा तामाङलाई सिंगापुरको राज्य अदालत (स्टेट कोर्ट)ले पाँच महिना जेल चलान गर्न आदेश दिएको छ।

असार २६ गते सिंगापुरको गेलाङस्थित एक होटल अगाडि तामाङले एक महिलाको छाती छोएको आरोपमा अदालतमा मुद्दा परेको थियो। आफूमाथि दुव्र्यवहार भएको भन्दै ती महिला मुद्दा दायर गरेलगत्तै तामाङ पक्राउ परेका थिए। दुव्र्यवहारमा परेकी भनिएकी महिलाको अदालतले समेत परिचय खुलाएको छैन।

सिंगापुरको गेलाङस्थित एक होटल अगाडि तामाङले एक महिलाको छाती छोएको आरोपमा अदालतमा मुद्दा परेको थियो।

राज्य अदालतका न्यायाधीश जश्वेरले आपराधिक क्रियाकलाप गरेको भन्दै स्थानीय कानुनअनुसार सजाय तोकेका हुन्। ‘सिंगापुरको गेलाङ रोडअघि बाटोमा हिँड्ने क्रममा एक महिलामाथि बल प्रयोग गरी बाँया हातले कपडाबाहिरबाट अपमानजनक ढंगले दाहिने स्तन छोएकाले तिमीले गरेको कार्य दण्डनीय छु,’ अदालतले भनेको छ, ‘त्यसैले दण्ड संहिताअनुसार अपराध ठहरिएको छ।’

सिंगापुर राज्य अदालतका कार्यकारी सञ्चार निर्देशक ब्रायन जेकोबले नेपाली नागरिक तामाङलाई गत असार २८ (जुलाई १३) देखि लागू हुनेगरी पाँच महिनाका लागि जेल सजाय तोकिएको जानकारी दिए। तामाङ आगामी मंसिर २८ (डिसेम्बर १४) सम्म जेल बस्नुपर्नेछ।

अदालतले उनका लागि पाँच महिनाको सजाय ठहर गरेको दण्ड संहितामा यौन अपराध प्रमाणित भए दुई वर्षसम्म जेल सजाय, कोर्रा हान्ने, जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। कानुनअनुसार कसैमाथि आपराधिक शक्तिको प्रयोग गरी कुनै अपमानजनक, अभद्र व्यवहार गरेमा जेल सजाय, कोर्रा हान्ने व्यवस्था छ।

सिंगापुर महिलाका लागि निकै सुरक्षित स्थान मानिन्छ। घटनाअघि भिक्षु तामाङले मदिरा सेवन गरेको र २८ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको स्थानीय सञ्चारमाध्यम ‘स्ट्रेट टाइम्स’ जनाएको छ। घटनालगत्तै ती महिलासँग माफी मागे पनि महिलाले माफी दिन अस्वीकार गरेपछि भिक्षु तामाङ पक्राउ परेका थिए। तामाङ ताइवानको धार्मिक यात्राका क्रममा सिंगापुर पुगेका थिए।

प्रकाशित: १० आश्विन २०७६ ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App