८ वैशाख २०८१ शनिबार
समाज

तीनवटा हेलिकोप्टरको आकस्मिक अवतरण

संखुवासभा– संखुवासभाबाट काठमाडौंका लागि उडेका तीनवटा हेलिकोप्टरलाई खोटाङमा आकस्मिक अवतरण गरिएको छ। संखुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि फर्कने क्रममा खराब मौसमका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटार, जगेनटारमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ। करिब पौने चार बजे अवतरण गरेको हेलिकोप्टर आधा घण्टा ल्यान्ड गरेपछि पुनः उडेको स्थानीय पुण्य रेग्मीले बताए।

वर्षा र बाक्लो कुहिरोका कारण दुईवटा अल्टिच्युट र एउटा मनाङ एयरको हेलिकोप्टरलाई साप्सु खोला किनारमा आकस्मिक अवतरण गरिएको थियो। आपतकालीन अवस्थामा हेलिकोप्टर ल्यान्ड भएको विषयमा स्थानीयले खबर गरेपछि प्रहरी चौकी भँडारेघाटबाट प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।तीन ठाउँमा अवतरण गरेपछि कांग्रेस महामन्त्री काठमाडौं पुगे

यस्तै, खराब मौसमका कारण खोटाङबाट फर्कने क्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालालगायतको टोली चढेको हेलिकोप्टर तीन ठाउँमा अवतरण गरेर बिसाउँदै काठमाडौं पुगेको थियो। बुधबार दिउँसो साढे दुई बजे हलेसीबाट उडेको हेलिकोप्टर पहिलोपल्ट हलेसी तुवाचुङ नगरपालिकाको बाईटार, दोस्रो पल्ट रामेछापको लिखु नदीको दोभानमा र तेस्रोपल्ट साँझ ६ बजे रामेछापको मन्थली विमानस्थलमा अवतरण गरेको प्रतिनिधिसभाका सांसद हिरा गुरुङले बताइन्। हेलिकोप्टरमा महामन्त्री कोइरालासहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, प्रतिनिधिसभा सांसद हिरा गुरुङ, नवलपरासी सभापति भरत गुरुङलगायत चार जना सवार थिए।
कोइराला कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम समापन तथा विरोधसभालाई सम्बोधन गर्न खोटाङ आएका थिए।

...
खोटाङमा आकस्मिक अवतरण गरिएको तीनवटा हेलिकोप्टर। तस्बिर सौजन्य ः कुमार बुढाथोकी

प्रकाशित: १० आश्विन २०७६ ००:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App