७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनआरएन युरोप उपसंयोजकमा पण्डितको उम्मेदवारी

ओस्लो (नर्वे)– गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युरोप क्षेत्रीय उपसंयोजकमा कुमार पण्डितले उम्मेदवारी घोषणा गरेका छन्। एनआरएन नर्वेका पुर्वअध्यक्ष पण्डितले ओस्लोमा एक कार्यक्रमबीच उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन्।

पण्डितले युरोप बसोबास गर्ने नेपालीहरुको समस्या समाधान र युरोपको सीप ज्ञानलाई नेपालमा परिचालन गर्न सहयोग पुर्याउन आफ्नो उम्मेदवारी दिएको बताएका छन्। एनआरएनए केन्द्र र युरोपका देशमा बसोबास रहेका नेपाली र ती देशका एनआरएनसँग आफ्नो सुमधुर सम्बन्ध रहेकाले आफु जित्ने सुनिश्चित रहेको पण्डितको दाबी छ।

सन् १९९८ मा विद्यार्थीको रुपमा नर्वे आएका पण्डित हाल नर्वेमा रेष्टुरेन्ट र पर्यटन व्यवसाय गर्दै आएका छन्। पण्डितले यसअघि एनआरएन नर्वेको अध्यक्ष (सन् २०१५–२०१७) सम्हालेका थिए। 

नर्वेबाट एनआरएन केन्द्रमा उम्मेदवारी घोषणा गर्ने पण्डित पहिलो हुन्। नर्वेमा विद्यार्थी र विभिन्न पेसामा गरेर करिब २५ सय नेपाली रहेका छन्।

एनआरएनएको विश्व सम्मेलन आगामी असोज २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ। सम्मेलनले आगामी कार्यकालको लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ।

प्रकाशित: ९ आश्विन २०७६ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App