coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद निर्णयः एसिड पीडितलाई जनही २ लाख, अष्ट्रेलियासँग हवाई सम्झौता

काठमाडौं– सरकारले एसिड पीडित २ युवतीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले एसिड आक्रमणमा परेका जेनी खड्का र मुस्कान खातुनलाई जनही २ लाख दिने निर्णय भएको बताए।

‘एसिड आक्रमणमा घाइते जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन गर्न जनही २ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने छ’, उनले भने। 

जेनीमाथि रातोपुल क्षेत्रमा एसिड आक्रमण भएको थियो भने मुस्कानमाथि वीरगञ्जमा आक्रमण भएको थियो। दुबै आक्रमण प्रेम र विवाहसँग सम्बन्धित थियो। 

यस्तै, मन्त्रिपरिषद बैठकले नेपाल ट्रष्ट पहिलो संशोधन नियमावलि २०७६ लाई स्वीकृत गरेको छ। मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भु प्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरेको छ। 

नेपाल सरकार र अष्ट्रेलियाबीच हवाई सेवा शुभारम्भ गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्ने निर्णय समेत गरेको छ। साथै पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: ९ आश्विन २०७६ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App