६ वैशाख २०८१ बिहीबार
राजनीति

अमेरिकामा रहेका नेपालीलाई गाह्रो नपर्ला : डा.एकर

डेनी एकर। तस्विरः प्रबीन कोइराला

डा. डेनी एकर अमेरिकाको सान डिएगो विश्वविद्यालय, स्कूल अफ पीस स्टडिज, रणनीतिक शान्तिस्थापना कार्यक्रम (आइपीजे) को सल्लाहकार हुन्। आइपीजेले सन् २००१ मा आफ्नो कार्यक्षेत्र छनौट गर्दा नेपाल पनि छानिएको थियो। सोही समयदेखि नेपाल केन्द्रित काम गर्दै आएकी एकर हालै काठमाडौं आएका बखत नागरिकन्युजका कृष्ण ढुंगाना अखिलेश त्रिपाठीले गरेको कुराकानीको अंश:

तपाइँ युरोप र मध्य अमेरिकासहित नेपालमा शान्ति स्थापनाको प्रक्रियामा संलग्न हुनुहुन्छ। नेपालमा शान्ति स्थापना प्रक्रिया दौरान कस्तो अनुभव संगाल्नुभयो?

सर्वप्रथम मलाई आफ्नो अनुभव सुनाउने मौका दिनु भएकोमा धन्यवाद। मैले मध्य अमेरिकी देश निकारागुवाबाट आफ्नो काम सुरु गरेकी थिएँ। युद्धको मारमा रहेका मानिसलाई उनीहरुको देशबाट बाहिर बोलाएर कुरा गर्नु कठिन काम हो। तर मैले यसबाट धेरै सिक्ने मौका पाएँ। नेपालको हकमा पनि यही भयो।  विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज, सञ्चारकर्मी र मानवअधीकारकर्मी सहितको नेपाली छोलीले सान डियागेमा अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरसँग भेटघाट गरेका थिए। यस क्रममा हामीले विभिन्न समुदायमा गएर त्यहाँका राजनितीज्ञ, नागरिक समाज ,सुरक्षा निकाय लगायतसँग शान्ति स्थापनाका बारेमा छलफल ग¥यौं। हामीले युद्धमा प्रत्यक्ष होमिएको पार्टीसँग पनि छलफल गर्‍यौं। हामीले मध्यस्तकर्ता र संवादको माध्यमबाट अलगधारमा रहेका पार्टीलाई सहमतिमा ल्याउन पहल गर्‍यौं। हामीले यस विषयमा तराई तथा पाहाडमा पनि कार्यक्रम संचालन गरेका थियौं।

युद्धपछि आममानिस कसरी जीवन यापन गर्दैछ भन्ने कथा हो जसमा सञ्चार माध्यले त्यती चासो दिएको देखिँदैन। हामीले व्यवसायिक पत्रकारहरु ल्याएर उनीहरुको कथालाई वृतचित्रमा उतारेका छौं।

शान्ति सम्झौता हुँदैमा शान्ति प्रक्रिया टुङगदैन शान्ति स्थापनाको काम पनि अगाडि बढ्नु जरुरी छ। यसैका लागि हामीले नागरिक समाज र सामान्य नागरिकलाई अबको बाटो के हुनसक्छ भन्ने कुरामा सहभागी गरायौं। राजनीतिज्ञ र जनता कुनै पनि निर्णय बनाउँदा एकै स्थानमा बस्नु जरुरी छ।

तपाइँहरुले नेपालमा ‘महिला शान्ति स्थापना कार्यक्रम संचालन गर्नुभयो यसमा सहभागीता कतिको पाउनु भयो र यसले कसरी काम गर्दैछ?
हामीले युद्धकालीन समय र त्यसपछि पनि घरबारबिहीन भएका महिलाहरुलाई सहज होस् भनेर महिला शान्ति स्थापना कार्यक्रम संचालनमा ल्याएका हौं। यो युद्धपछि आममानिस कसरी जीवन यापन गर्दैछ भन्ने कथा हो जसमा सञ्चार माध्यले त्यती चासो दिएको देखिँदैन। हामीले व्यवसायिक पत्रकारहरु ल्याएर उनीहरुको कथालाई वृतचित्रमा उतारेका छौं। हामीले विश्वमा रहेका अन्य मानिसले प्रेरण लिन सकुन भनेर उनीहरुको कथा वेबसाइटमै राखेका छौं। युद्धकालिन समयमा दुवैतर्फका महिलाहरुको ज्यान जोगाउन सफल चितवनकी राधा पौडेलको पनि वृतचित्र पनि वेबसाइटमा छ। हामीले विभिन्न ३८ राष्ट्रका गरी कुल ५६ महिलाको वृतचित्र बनाएका छौं।

अलिकति प्रसंग बदलौं। अमेरिकाले नेपाललाई भारतको दृष्टिकोणमा हेर्छ भन्ने आमविश्वास छ। नेपालमा के भैरहेको छ थाहा भएको र अमेरिकी नीतिबारे पनि अनुभी तपाइँ यो कुरामा सहमत हुनु्हुन्छ?
छैन। अमेरिकमा नेपाललाई माया गर्ने धेरै मानिस छन् र यहाँ हाम्रो साथ र सहयोग सधै रहँदै आएको छ। एकपटक यस्तो थियो कांग्रेसी (संसद सदस्य) हरु दक्षिण एसियाली राष्ट्रमध्ये नेपाल अनुभव गर्ने धेरै थिए र उनीहरु नेपालबारे धेरैै जानकार थिए। हामीलाई नेपाल एक सुन्दर र स्वतन्त्र राष्ट्र हो भन्ने थाहा छ। मलाई थाहा छ कि धेरै अमेरिकीको दिमागमा भारत र चीन मात्र छ। तर नेपाल र उसको वर्तमान विकास क्रमबारे उनीहरुलाई जानकारी नहुन सक्छ। यसो भन्दैमा अमेरिकाले नेपाललाई भारतको  दृष्टीकोणमा हेर्छ भन्नु गलत हो। हामीमा नेपाल नेपालनै हो भन्ने सोचाइ दृढ छ।

भर्खरै सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचीत भए। यसले अमेरिकाको नेपाल नीतिमा केही असर गर्छ?

नेपालीहरुको संवाद शैली र उनीहरुको इमान्दारिता पनि उनीहरुको हकमा सकारात्मक पक्ष बन्न सक्छ। अमेरिकामा रहेका आप्रवासीहरुका लागि वातावराण केही असहज बन्न सक्ला तर नेपालीका लागि बन्दैन।

यो अनुमान लगाउन धेरै कठिन काम हो। यसले केही असहज परिस्थिति सिर्जना गर्न सक्छ। हामीलाई उनले के गर्छन्,व्यवस्थित सरकार बनाउछन् कि बनाउदैनन् भन्ने यकिन थाहा छैन। उनी अहिलेसम्म शक्तिमा आएका छैनन्। मलाई लाग्छ कि विगतमा संसद र सरकारले विश्व समुदायसँग स्थापना गरेको सम्बन्ध कायम रहन्छ र उनको उत्तेजित भाषण र कार्य हराउनेछ तर यो मेरो व्यक्तिगत धारण हो।

राष्ट्रपति निर्वाचित भए लगत्तै ट्रम्पले अमेरिकामा गैरकानुनी रुपमा रहेका आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरेका छन्। यसले गर्दा त्यहाँ रहेका लाखौ आप्रवासी समस्यामा पर्ने देखिन्छ जसमा २ लाख ५० हजार नेपाली पनि छन्। यसमा तपाइँको धारण के छ?
मलाई लाग्छ उनलाई आफूले भनेका कुरा कार्यान्वयन गर्न कठिन छ। सरकारको धारणा यस्तै आउछ भन्ने छैन। उनले भनेको कार्यमा सुरुमा केही सफलता पाउन सक्छन् तर अन्य क्षेत्रको हकमा मात्र नेपालको हकमा होइन। नेपालीहरु समुहदाय बनाएर एकताबद्ध भइ बसेका छन्। अमेरिकी विश्वविद्यालयका महत्वपूर्ण पदमा समेत नेपाली छन्। उनीहरु यहीँ बसेका पनि हुन सक्छन् अथवा आफ्नो डिग्री लिएर नेपाल फर्किसकेका पनि हुनसक्छन्। फेरि नेपालीहरुको संवाद शैली र उनीहरुको इमान्दारिता पनि उनीहरुको हकमा सकारात्मक पक्ष बन्न सक्छ। अमेरिकामा रहेका आप्रवासीहरुका लागि वातावराण केही असहज बन्न सक्ला तर नेपालीका लागि बन्दैन।

भिडियो अन्तर्वार्ता (फोटो/भिडियो: प्रबीन कोइराला)

प्रकाशित: ९ मंसिर २०७३ ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App