coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दशैँसम्मै वर्षा हुने

काठमाडौं– यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ। नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलवायुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मनसुन सकिनका लागि जुन किसिमको वातवरण आवश्यक पर्थ्यो त्यो वातावरण अनुकूल देखिदैन। तल्लो वायुमण्डलमा पश्चिमी वायु चल्नुपर्छ तर अहिले पूर्वी वायु नै सक्रिय रहेकाले मनसुनको समयावधि लम्बिएको मौसमविद् समीर श्रेष्ठले बताए।

‘केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलबाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म नै मनसुन रहने सम्भावना देखिएको हो’ उनले भने।

पश्चिमी वायु सक्रीय भएलगतै नेपालमा चिसो बढ्ने अनुमान गरिएको छ। सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्थ्यो तर यसवर्ष १० दिन ढिलो गरी आसर ५ मा मनसुन भित्रिएको थियो। गतवर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा लामो समयको मौसमी गतिविधि प्रक्षेपण गर्ने प्रविधि नभए पनि एक सातासम्मको गतिविधि प्रक्षेपण गर्न सकिने प्रविधि छ। सो अनुसार दशैँको शुरुआती दिनमा देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना देखिन्छ।

हाल देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन  र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरेहको महाशाखाले जनाएको छ। यो स्थिति शनिबारसम्म यथावत रहने बताइएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव नौ डिग्री र अधिकतम तापक्रम २५ दशमलव छ डिग्री सेलिसयस रहेको छ। रासस

प्रकाशित: ९ आश्विन २०७६ १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App