६ वैशाख २०८१ बिहीबार
अर्थ

विद्युतीय सामानमा छुटको बहार

प्रेम पुन्थोकी
काठमाडौं बस्दै आएका कैलालीका प्रेम सिंहको ध्यान यतिबेला बजारमा आएका नयाँ मोबाइलमा तानिएको छ। इन्स्योरेन्स सुविधासहित किस्ताबन्दीमा छुटका मोबाइल पाइने थाहा पाएर सिटिसी मलको मोबाइल मेलामा पुगेका उनी पुरानो मोबाइलसँग साट्ने अवसरले नयाँ मोबाइल किन्ने मनस्थिति बनाएका छन्।

उनी जस्तै धेरैका नजर अहिले बजार मेला र छुटका अफरमा छन्। नहुन् पनि कसरी, पर्वको अवसर पारेर अत्यावश्यक र घरायसी सामानको खरिदमा छुट र उपहारका बहार नै आएको छ। लाइभ टेलिकास्ट र रिमोट पिसीजस्ता विशेषता भएको नयाँ सामसुङ आर सिरिज टिभी बजारमा आएको छ।

सामसुङले उत्सव अवसरको रूपमा ‘सामसुङ आयो, खुसी छायो’ योजना पनि सार्वजनिक गरेको छ। सो योजनाअन्तर्गत कम्पनीले आफ्ना उत्पादनको खरिदमा विशेष वारेन्टी र  विशेष छुट व्यवस्था गरेको छ। सामसुङ ग्यालेक्सी नोट १० नेपाली बजारमा बिक्री खुला गरिएको छ।

अगाडिका उत्पादनभन्दा धेरै विशेषता भएको भनिएको ग्यालेक्सी नोट १० को मूल्य एक लाख १६ हजार तथा ग्यालेक्सी नोट १० प्लसको मूल्य एक लाख ३५ हजार रुपैयाँ छ। एलजीले नयाँ ओएलइडी टिभी बजारमा ल्याएको छ।

४ दशमलव ३३ एमएम मोटाइको सो टिभी उत्कृष्ट प्रविधिबाट निर्माण गरेको भनिएको टिभीमा एलजी एआई थिनक्यू रहेको र जसबाट गुगल एसिस्टेन्ट तथा एमेजन एलेक्सजस्ता सुविधा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ। 

सिजीले आफ्नो चाडपर्वलक्षित  ‘सिजीसँग उत्साह उमंग, थाइल्यान्ड जाऊँ परिवारसँग’ योजना ल्याएको छ । साथै प्रत्येक टिभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशतसम्म क्यासब्याक पाउन सकिने र लक्की ड्रमार्फत पाँच भाग्यशाली जोडीलाई थाइल्यान्ड घुम्ने अवसर मिल्ने छ। प्रभु मनी ट्रान्सफरले सिजी इलेक्ट्रोनिक्सका एलजी, सिजी, गोदरेज, टिसिएल आदि ब्रान्डका सामानमा आकर्षक छुट व्यवस्था गरेको छ। 

‘बडा अफर थाइल्यान्ड सफर’ योजनाअन्तर्गत टिसिएल ब्रान्डका उत्पादन एलइडी टिभी, चेस्ट फ्रिजर, एअर कन्डिसनर, वाटर डिस्पेन्सर र वासिङ मेसिन खरिदमा नगद छुटका साथै लक्की ड्रमार्फत थाइल्यान्ड भ्रमण प्याकेज ल्याएको छ। गोदरेजका उत्पादन खरिद गर्ने ग्राहकले नगद छुटका साथै ‘फ्री कपल ट्रिप टू बाली’ अफरअन्तर्गत लक्की ड्रमार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्नेछन्।

हुवावे कन्जुमर बिजनेस ग्रुप (सिबिजी) ले नयाँ स्मार्टफोन हुवावे नोभा५ टी नेपाली बजारमा ल्याएको छ। नेपालभर उपलब्ध रहेको यो फोनमा फ्युचरिस्टिक डिजाइन र पाँचवटा ५एआई क्यामरा रहेको कम्पनीले जनाएको छ।

नेपाली बजारमा असोज ५ देखि उपलब्ध फोनको मूल्य ५३ हजार ९ सय छ। सामाजिक सञ्जालका उत्साही प्रयोगकर्तालाई फोटो वा भिडियोसम्बन्धी काम गर्न यसमा उत्कृष्ट टुल रहेको छ। 

नेपाली बजारमा आइफोन सिक्स एसको ३२ जिबी स्टोरेज, आइफोन सिक्सएस प्लसको ३२ जिबी, आइफोन सेभेन प्लस ३२ जिबी र १२८ जिबी, आइफोन ८ को ६४ जिबी, आइफोन ८ प्लस ६४ जिबी र २५६ जिबी, आइफोन एक्स ६४ जिबी र २५६ जिबी, आइफोन एक्सएसको सबै स्टोरेज अप्सन, आइफोन एक्सएस म्याक्सको सबै स्टोरेज अप्सन र आइफोन एक्सआरको सबै स्टोरेज अप्सनसहित आइफोन अब दसैंको अवसरमा सेप्टेम्बर १० देखि नोभेम्बर १० तारिखभित्रमा आइफोन खरिदकर्ताका लागि स्क्र्याच कुपन पनि उपलब्ध गराएको छ।

मोबाइल ब्रान्ड साओमीले एन्ड्रोइड१–पावर्ड फोनको लाइनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको भनिएको नयाँ स्मार्टफोन एमआई ए३ बजारमा ल्याएको छ।

२३ हजार ९ सय ९९ रुपैयाँ मूल्य तोकिएको यो फोन विभिन्न सुविधामा छ। चार जिबी प्लस ६४ जिबी भेरियन्ट २३ हजार नौ सय ९९ रुपैयाँमा र ६ जिबी प्लस १२८ जिबी भेरियन्ट २७ हजार नौ सय ९९ रुपैयाँमा पाइनेछ।

डिटिएच सेवा प्रदायक कम्पनी डिसहोमले तीन महिनाको रिचार्जमा एक महिना, ६ महिनाको रिचार्जमा दुई महिना र १२ महिनाको रिचार्जमा चार महिनाका लागि आफूलाई मन परेको कुनै एक एड अन प्याकेज लिने अफर ल्याएको छ। 

दसैं र तिहारको उपलक्ष्यमा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले एक वर्षसम्म २५ एमबिपिएस इन्टरनेटका साथ ३२ इन्चको सिजी एलइडी टिभी र एक वर्ष निःशुल्क नेट टिभी सेवा २५ हजार नौ सय ९० मा पाउने छन्। 

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वको अवसरमा मात्र ९९ रुपैयाँमा इन्टरनेट वा क्लियर टिभी सेवा प्रदान गर्ने भएको छ। यस प्याकेजअन्तर्गत ग्राहकले करसहित ९९ रुपैयाँमा एक महिनाका लागि ३० एमबिपिएस इन्टरनेट सेवा अथवा सोही मूल्यमा क्लियर टिभी प्रिमियम प्याकेज प्राप्त गर्न सक्ने जनाइएको छ। 

नेपाल टेलिकमले सस्तो दरमा डाटा प्याक ल्याएको छ। टेलिकमले २४ घन्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा एक जिबी डाटा चलाउन सकिनेछ। यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्ने कम्पनीले जनाएको छ । यो छुट योजनामा प्रतिएमबी करसहित ४.५ पैसा लाग्छ।

त्यस्तै सात दिनका लागि जम्मा दुई सय ५० रुपैयाँमा ७ जिबी डाटा योजना पनि उपलब्ध गराइरहेको छ। यसमा ७ दिनसम्म प्रतिदिन एक जिबीका दरले डाटा प्रयोग गर्न सकिन्छ। यस प्याकेजमा प्रतिएमबी करसहित ३.५ पैसा मात्र पर्न आउँछ। 

सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्न २८ जिबीको सुविधा लिन सकिन्छ। यस प्याकेजमा जम्मा आठ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जिबी डाटा चलाउन पाइने टेलिकमले जनाएको छ।

 

प्रकाशित: ९ आश्विन २०७६ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App