५ वैशाख २०८१ बुधबार
अर्थ

दसैंमा विदेश सयर

हिन्दुहरुको महान पर्व बडादसैं दैलोमा आइसकेको छ। अहिलेको समय आम नागरिकको दैनिकी किनमेलमा व्यस्त रहने तथा परिवारसँग मेलमिलापमा व्यस्त रहने गर्छ। काठमाडौं लगायत देशभरका बजारमा किनमेल गर्नेको धुँइचो बढ्दै गएको छ।

अफिस, स्कुल, कलेजले दसैं–तिहारको बिदा तालिका सार्वजनिक गरिसकेका छन्। यति बेला उपत्यकाबाहिर घर भएकाहरु दसैंमा घर फर्कने टिकट लिन राजधानीको बसपार्क, सुन्धारा, कोटेश्वर, गौशाला लगायत स्थानमा लामै लाइनमा बसेको देखिए पनि यो बिदामा विदेश भ्रमण गर्नेहरुको जमात पनि दिनानुदिन बढ्दै गएको छ।

हालै राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल आउने पर्यटकले भन्दा नेपालबाट विदेश भ्रमणमा जानेले बढी खर्च गर्छन्। त्यसकारण पनि पछिल्लो समय वर्षभरको व्यस्त दैनिकीबाट बाहिर निस्केर बिदा मनाउन स्वदेश तथा विदेश भ्रमण गर्नेको संख्या पनि दिनानुदिन बढ्दै गएको बुझ्न सकिन्छ।

अन्य बिदाको तुलनामा दसैं बिदा केही लामो हुने भएकाले पनि स्वदेश तथा विदेश घुम्न जानेलाई लक्ष्य गर्दै विभिन्न ट्राभल एजेन्सीले छुटसहित आकर्षक भ्रमण प्याकेज सार्वजनिक गरेका छन्।

विभिन्न कम्पनीले आकर्षक प्याकेजको साथमा विशेष छुटसहितका योजना ल्याउन प्रतिस्पर्धा गरिरहेका छन्। दसैं बिदा कै अवसर पारेर कैयौंले त पहिले नै आफूले जान चाहेको देशको प्याकेज बुक समेत गर्न भ्याइसकेका छन्।

कोही अहिले विभिन्न अनलाइन वेबसाइटबाट आफ्नो बजेट सुहाउँदो प्याकेजको खोजी गरिरहेका छन्। 
विभिन्न ट्राभल एजेन्सीहरुले एसिया, युरोप, अस्ट्रेलिया लगायत देशका प्याकेज सार्जजनिक गरिरहँदा थाइल्यान्ड, मलेसिया, सिंगापुर दुबई लगायत देशका प्याकेज प्रायः सबैले नै समेटेका छन।

कम्पनीहरुले दसैं तिहारको बिदालाई भरपूर मनोरञ्जनपूर्ण बनाउने भन्दै प्याकेजमा छुटका साथै विभिन्न खानाका परिकार तथा नयाँ गन्तव्यलाई मुख्य आधार बनाएका छन्। केही समययता नेपालीले आफ्नो आम्दानीको केही रकम घुमफिरमा खर्च गर्ने परिपाटी नेपालमा भित्रिसकेको छ। नेपालीको यही चाहनालाई बुझेर केही कम्पनीले स्वदेश र विदेश घुम्ने प्योकज तयार गरेका छन्।

यसपटकको दसैं तिहारलाई घुमघाममय बनाउन कान्तिपुर होलिडेजले फेस्टिभल अफर तथा रेगुलर अफर सार्वजनिक गरेको छ। कम्पनीले जोर्डन, रसिया, युरोप, दुबई, थाइल्यान्ड, इजिप्ट तथा इन्डोनेसिया लगायत देशका विभिन्न अफर जारी गरेको छ। 

कम्पनीले चार रात पाँच दिनको जोर्डन भ्रमण प्याकेजको एक लाख २० हजार रुपैयाँ तोकेको छ। पाँच रात ६ दिनको रसियाको एक लाख १९ हजार, युरोप नौ रात १० दिनको दुई लाख ५० हजार, दुबई चार रात पाँच दिनको ६८ हजार, थाइल्यान्ड चार रात पाँच दिनको एक लाख १९ हजार, इजिप्ट चार रात पाँच दिनको ८३ हजार, बकु चार रात पाँच दिनको ८० हजार तथा इन्डोनेसियाको बालीका लागि चार रात पाँच दिनको ६८ हजार रुपैयाँमा तीनतारे होटेलमा नास्ता सहित दुईजना बस्न मिल्ने कोठा सुविधाको प्याकेज सार्वजनिक गरेको छ।

त्यस्तै, लेजर ट्राभल एन्ड टुर्सले मलेसिया तथा सिंगापुर बाली, बैंकक, दुबई सहितका देशको प्याकेज सार्वजनिक गरेको छ। उक्त प्याकेजअन्तर्गत बाली टुर्सको लागि ६ रात सात दिनको प्रतिव्यक्ति ३२ हजार पाँच सयमा चार रात तीनतारे होटल तथा दुई रात चारतारे होटलमा नास्ता सहितको सुविधा छ। उक्त चारतारे होटलमा व्यक्तिगत रुपमा प्रयोग गर्न मिल्ने स्विमिङ पुलको पनि व्यवस्था छ।

बालीका विभिन्न ठाउँ जस्तै सेलुक भ्लेज, किन्तामनी भोल्केनो, तिर्थ इम्पल टेम्पल लगायत ठाँउको भ्रमण उक्त प्याकेजमा समेटिएका छन्।

त्यस्तै, प्रतिव्यक्ति ४२ हजार पाँच सय रुपैयाँमा चार रात पाँच दिनको दुबई टुर्समा ब्रेकफास्ट सहित दुबई सहरको भ्रमण, डिनर, बार्बी क्यू सहितको डिजर्ट सफारी, बुर्ज खलिफाको सबैभन्दा माथिल्लो तलाबाट सहर नियाल्ने मौका, अंग्रेजी बोल्न जान्न टुर गाइडसहित दुबई विमानस्थलदेखि होटलसम्मको दुईतर्फी यातायात सुविधा लगायत सुविधा समेटिएका छन्। 

मलेसिया तथा सिंगापुरको प्याकेजअन्तर्गत प्रतिव्यक्ति ४० हजारमा तीन रात चार दिनको तीनतारे होटलमा नास्ता सहितको सुविधा सार्वजनिक गरेकोे छ। बैंकक टुर्सअन्तर्गत प्रतिव्यक्ति ३२ हजार रुपैयाँमा एउटा कोठामा दुईजना बस्न मिल्न गरी ६ रात सात दिनको सुविधासहितका प्याकेज सार्वजनिक भएको छ।

उक्त प्याकेज अन्तर्गत दुई रात तीन तारे युरोपियन लेवलका होटल तथा दुई रात तीनतारे होटलमा र अर्काे दुई रात पनि तीनतारे होटलमा बसोबासको व्यवस्था गरिएको छ । उक्त सुविधामा दैनिक ब्रेक फास्टको सुविधा दिनभर खानाको साथमा कोरल आइल्यान्ड भ्रमण, फि–फि आइल्यान्ड भ्रमण विथ लन्च तथा आधा दिन बैंकक सिटी टेम्पल टुर्स विथ राम्रो अंग्रेजी बोल्न सक्ने गाइड सहितको सुविधा रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, फ्लाइट ज्ञानी ट्राभल एन्ड टुर्सले स्विजरल्यान्ड तथा पेरिसको सात दिनको भ्रमण प्याकेज सार्वजनिक गरेको छ । दुई लाख २५ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तोकिएको उक्त भ्रमणमा स्विजरल्यान्ड र पेरिसका महत्वपूर्ण स्थानको भ्रमण तालिकामा समेटेको छ।

यात्राको पहिलो दिनमा स्विजरल्यान्डको ज्युरिच एयरपोर्टमा आर्लिएदेखि पेरिसबाट स्वदेश फर्किंदासम्ममा विभिन्न आकर्षक प्याकेज सार्वजनिक भएका छन्। उक्त योजना अन्तर्गत तीन रात ज्युरिचमा बस्ने, तीन दिन पेरिसमा बस्ने व्यवस्था गरिएको छ। भ्रमण तालिकामा प्रत्येक दिनको ब्रेक फास्टको सुविधा तीन हजार २० मिटर उचाइमा रहेको माउन्ट टिट्लिज, ज्यूरिच सहर र वरपरको भ्रमण समेटिएको छ।

साथै पेरिसको आइफिल टावर, पास सिटी टुर तथा जुरिचदेखि पेरिससम्मको सेकेन्ड क्लास ट्रेनको टिकट तथा पेरिस होटलको अनुभव लिन सकिने कम्पनीले जनाएको छ। भ्रमण प्याकेजकै क्रममा एस ट्राभल तथा टुर्सले एसिया टुर्स, युरोप टुर्स सार्वजनिक गरेकोे छ। उक्त युरोप टुर्स अन्तर्गत फ्रान्सको टुरमा  १२ दिनको भ्रमण प्याकेज सार्जजनिक गरेको छ।

उक्त टुर्सको लागि तीन लाख १९ हजार नौ सय रुपैयाँ तोकिएको छ। त्यस्तै अस्ट्रेलियन डिलाइट योजना अन्तर्गत सिड्नी–मेलबर्न–गोल कोस्टको नौ रात १० दिनको प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ। प्रत्येक दिन ब्रेक फास्टको सुविधासहित लोकल रेस्टुरेन्टमा खानाको व्यवस्था रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ।

सो प्याकेज लिनका लागि इकनोमीमा दुई लाख ९९ हजार प्रिमियम मूल्य चार लाख १९ हजार तथा लक्जरी मूल्य पाँच लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ। अमेरिका भ्रमणको प्याकेजमा सात दिन ६ दिनको इकनोमी मूल्य दुई लाख ९९ हजार नौ सय तोकिएको छ। कम्पनीले बकु र दुबईको लागि आठ दिन सात रातको भ्रमण प्याकेज सार्वजनिक गरेको छ।

प्रत्येक दिन होटलमा ब्रेक फास्ट सहितको सुविधासहित टुर गाइडसहित लन्च तथा डिनर पनि प्याकेज अन्तर्गत समेटिएको छ। उक्त प्याकेजको मूल्य भने एक लाख १९ हजार तोकिएको छ। कम्पनीले वन्डरफुल इजिप्ट नामक इजिप्ट टुर्स सार्वजनिक गरेको छ। उक्त प्याकेज अन्तर्गत चार रात पाँच दिन अन्तर्गत लन्च र डिनरसहितको मूल्य ८७ हजार सात सय रुपैयाँ तोकेको छ।

कम्पनीले एसिया टुर्स प्याकेज अन्तर्गत थाइल्यान्डको पाँच दिन चार रातको ५२ हजार रुपैयाँ तोकिएको छ। मलेसिया–सिंगापुर प्याकेजको ८९ हजार नौ सय रुपैयाँ तोकिएको छ। उक्त प्याकेज ६ दिन पाँच रातको रहेको जनाइएको छ। थाइल्यान्डको प्याकेजअन्तर्गत एक लाख १५ हजारमा १० दिन नौ रातको प्याकेज सार्जजनिक भएको छ।

त्यस्तै, विविध आकर्षक योजना सहित दुबईको पाँच दिन चार रातको ७९ हजार नौ सय, सात रात ६ दिनको चीन भ्रमण प्याकेजको एक लाख २८ हजार, आठ दिन सात रातको जापान तथा कोरिया टुरको दुई लाख ९९ हजार, आठ दिन सात रातको मलेसिया टुर प्याकेजको एक लाख ७५ हजार पाँच सय, थाइल्यान्ड–इन्डोनेसिया–सिंगापुरको १३ दिन १२ रातको एक लाख ४९ हजार नौ सय रुपैयाँ, बाली टुरमा पाँच दिन चार रातको ७९ हजार रुपैयाँ सहित विभिन्न सुविधा रहेको वेबसाइटमा उल्लेख छ। 

 

प्रकाशित: ९ आश्विन २०७६ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App