coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बैंकका अफर

जिपी भण्डारी
किस्ताबन्दीमा नयाँ मोबाइल खरिद गर्ने ग्राहकले अब बैंकको क्रेडिट कार्ड देखाए पुग्ने भएको छ। अमेरिका, युरोपलगायत देशमा यसअघि नै सहज रुपमा किस्ताबन्दीमा मोबाइल, गाडी, घरलगायत खरिद गर्ने सुविधा भएकोमा अब भने नेपालमै त्यो सम्भव भएको छ।

दसैं–तिहार र छठ पर्वको अवसरमा आधा दर्जनभन्दा बढी बैंकले मोबाइल कम्पनीसँग सम्झौता गरी किस्तावन्दीमा मोबाइल खरिद गर्न सकिने व्यवस्था गरेका छन्। चाडपर्वलाई लक्ष्य गरी इजी मोबाइल केयरले बैंकको क्रेडिट कार्ड प्रयोगकर्तालाई फेस्टिवल अफर ल्याएको जनाएको छ। ताम्राकार कम्प्लेक्समा रहेको उक्त मोबाइल सोरुमले शून्य ब्याजदरमा किस्ताबन्दीमा स्मार्टफोन बिक्री गर्दै आएको छ।

‘बैंकका अफरको क्रेडिट कार्ड देखाउनुस्, शून्य प्रतिशत ब्याजदर र किस्ताबन्दीमा स्मार्टफोन लानुहोस्’ नारा रहेको यस अफरमा सेञ्चुरी, माछापुछ्रे, प्रभु, कुमारी, एनआइसी एसिया, नबिल, मेगा, नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ र ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ता सहभागी हुन पाउनेछन्।

असोज १ गतेबाट सुरु भएको अफर कात्तिक मसान्तसम्म मान्य हुने बैंकका अफरले छ। बैंकका अफरका अनुसार यस अफर लिन क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शून्य ब्याजदरमा हरेक ब्रान्डका मोबाइल खरिद गर्न सक्नेछन्। कम्पनीले नगद तिरेर मोबाइल खरिद गर्ने ग्राहकलाई ५ देखि १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको ५ देखि १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको  छ।

दसैं–तिहार नजिकिँदै गर्दा बैंकका अफर, वित्तीय संस्थाले ग्राहक आकर्षित गर्न विभिन्न किसिमका छुट योजना ल्याएका छन्। बैंकका अफर तथा वित्तीय संस्थाहरुले बाह्रै महिना फरकफरक योजना ल्याउने भए पनि दसैं, तिहार र छठ पर्वका लागि विशेष छुट दिने गरेका हुन्। दसैं–तिहारलाई लक्ष्य गरी घर, सवारी साधन, मोबाइललगायत कर्जामा विशेष छुट र बैंकका अफरका कार्ड प्रयोग गरी कारोबार गर्दा नगद फिर्ता पाउने अफर छन्।

दसैं–तिहारको अवसरमा ग्राहकलाई १९ प्रकारका छुट योजना ल्याएको माछापुछ्रे बैंकका अफरले जनाएको छ। बैंकका अफरले १९अाैं वार्षिकोत्सव तथा चाडको अवसरमा उक्त छुट योजना ल्याएको हो। ‘माछापुछ्रे महोत्सव’ नाम दिइएको छुट योजनामा नयाँ खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड प्रदान गरिनेछ। त्यसैगरी, डिम्याट खाता र मेरो सेयर खाता निःशुल्क खोल्ने बैंकले जनाएको छ।

बैंकले ‘माछापुछ्रे महोत्सव’ योजना अन्तर्गत भाटभटेनी सुपरमार्केटमा बैंकको डेबिट, क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने व्यवस्था मिलाएको छ। बैंकका ग्राहकले दसैं–तिहार र छठको अवसरमा भाटभटेनीमा घरायसी सामान खरिद गर्दा ५ प्रतिशत छुट पाउनेछन्। क्यास ब्याक अफरमा प्रतिग्राहकले चार हजार रुपैयाँ फिर्ता पाउनेछन्। तर, यसका लागि ग्राहकले प्रतिदिन एक हजारका दरले खर्च गर्नुपर्नेछ। असोज १२ गतेवाट सुरु भएको यो योजना कात्तिक १६ गतेसम्म चल्नेछ।

त्यसैगरी, बैंकले लकरमा ५० प्रतिशत छुट, डलर कार्ड सेवामा ५० प्रतिशत, आइएनआर युएसडी र ट्राभल ड्राफ्टमा ५० प्रतिशत, गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। बैंकले योजना अवधिभर ५ वा ५ जनाभन्दा बढीले समूहमा क्रेडिट कार्ड लिए निःशुल्क उपलब्ध गराउने जनाएको छ। बैंकले हाल एक सय ३७ शाखा कार्यालय र एक सय २८ शाखारहित एकाइमार्फत सेवा दिइरहेको छ। यसका एक सय १६ वटा एटिएम बुथ सञ्चालनमा छन्।

एभरेस्ट बैंकले दसैं–तिहारका लागि ग्राहकलाई घर, गाडी कर्जामा छुट योजना ल्याएको छ। भदौ १५ गतेदेखि सुरु भएको योजना पुस १ गतेसम्म चल्ने बैंकले जनाएको छ। बैंकले बढीमा एक करोड रुपैयाँ घर कर्जा प्रदान गर्ने जनाएको छ। २० वर्षको लागि दिइने घर कर्जामा ९.९९ प्रतिशत ब्याज निर्धारण गरेको बैंकले जनाएको छ। त्यसैगरी, बैंकले वार्षिक ९.६६ प्रतिशत ब्याजदरमा गाडी कर्जा पनि प्रदान गर्दै आएको छ। यस योजना अनुसार ग्राहकले सात वर्षभित्र बैंकलाई पूरै रकम फिर्ता गरिसक्नुपर्छ।

सिटिजन्स बैंकले चाडको अवसरमा विशेष खाता योजना सार्वजनिक गरेको छ। यस योजनामा नयाँ खाता खोल्ने ग्राहकले एक वर्षसम्म इ–बैंकिङ, मोबाइल बैंकिङ निःशुल्क पाउने छन्। बैंकले विशेष खाता खोल्ने ग्राहकको एक लाख रुपैयाँको स्वास्थ तथा सात लाख रुपैयाँको दुर्घटना बिमा गर्ने जनाएको छ। हाल बैंकले एक हजार एक सयवटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बंैंकका दुई हजार नौ सयवटा एटिएम बुथ छन्।

रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले दसैं योजनामा ‘डबलको डबलको डबल अफर’ ल्याएको छ। भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्म लागू हुने यस योजना अन्तर्गत हरेक दिन आइएमई पेमार्फत रकम पठाउने व्यक्तिले आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुईजनाले पठाएको रकमको दुई गुणा बढी रकम प्राप्त गर्नेछन्।
त्यसगरी, हरेक महिना दुईजनाले पठाएको रकमको चार गुणा बढी र बम्पर योजना अन्तर्गत एकजनाले पठाएको रकमको आठ गुणा बढी रकम पाउनेछन्। योजना अवधिभर स्वदेश तथा विदेशबाट पैसा पठाउने सहभागीमध्ये ‘लक्की ड्र’मार्फत छानेर एकजनालाई पुरस्कृत गर्ने कम्पनीको योजना छ।

त्यसैगरी, जनता बैंकले क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ। दसैं–तिहारको अवसरमा बैंकले सञ्चालनमा ल्याएको योजना अन्तर्गत क्युआर कोड स्क्यान गरी कारोबार गर्दा प्रतिव्यक्ति १० हजार नगद, दुईजनालाई ५–५ हजार र १० जनालाई एक हजार रुपैयाँ नगद प्रदान गरिने बैंकले जनाएको छ। त्यसैगरी, बम्पर प्राइजमा एकजनालाई एक लाख रुपैयाँ नगद उपहार दिने बैंकले जनाएको छ।

एनआइसी एसिया बैंकमा सुपर चमत्कारिक खाता खोलेका ग्राहकले भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा १५ प्रतिशत छुट पाउने व्यवस्था रहेको जनाएको छ। बैंकमा खाता नभएका ग्राहकले भाटभटेनी सुपरमार्केटमा रहेको बैंकको स्टलमा सम्पर्क गरी नयाँ खाता खोली तत्काल कार्ड लिन सक्ने बैंकले जनाएको छ।

त्यसैगरी, बैंकले सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरसँग पनि ग्राहकलाई छुट दिन सम्झौता गरेको छ। चाडपर्वलाई लक्ष्य गरी सञ्चालन भएको योजना असोज ८ देखि सुरु भई कात्तिक १६ गतेसम्म चल्ने बैंकले जनाएको छ। बैंकले यस योजनामा सहभागी हुने ग्राहकले सेलवेज क्यास एन्ड क्यारी अन्तर्गतका डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा बैंकले सञ्चालनमा ल्याएको मोबाइल बैंक एप प्रयोग गरे छुट पाउने जनाइएको छ।

ग्राहकले अफर अवधिमा ‘क्युआर कोड स्क्यान’ गरी सामान खरिद गर्दा १५ प्रतिशत वा बढीमा पाँच सय रुपैयाँ छुट पाउने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले बताए। उनका अनुसार यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरका सबै आउटलेट र सेलवेज डिपार्टमेन्ट स्टोरको पोखरा आउटलेटमा लागू हुनेछ।
हाल मुलुकभरी २८ वटा वाणिज्य बैंक, २९ वटा विकास बैंक, २३ वित्त कम्पनी र ९३ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन्।

दसैंमा चार दिन बैंक बन्द हुने
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले असोज १९ देखी २२ गतेसम्म सम्पूर्ण बैंक बन्द हुने बताएका छन्। दसैं मनाउन चार दिन बैंक तथा वित्तीय सेवा बन्द भए पनि एटिएम सेवा सञ्चालन हुने उनले बताए।

प्रकाशित: ९ आश्विन २०७६ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App