७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाली क्रिकेट टोली सिंगापुरतर्फ

काठमाडौं– जिम्बाब्वे, सिंगापुर र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेल्ने नेपाली क्रिकेट टोली बुधबार सिंगापुर प्रस्थान गरेको छ। सिंगापुर क्रिकेट संघको आयोजनामा हुन लागेको त्रिकोणात्मक शृंखलामा सहभागी हुने टोलीलाई बुधबार बिदाइ गरिएको हो।

सहभागिता जनाउने नेपाली टोलीलाई बुधबार साँझ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बिदाइ गरे। शृंखलामा नेपालले शुक्रबार जिम्वाब्वेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

यस्तै शनिबार नेपालले आयोजक सिंगापुरसँग खेल्नेछ। डबल राउन्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्बाब्वेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ भने अर्को साताको बुधबार सिंगापुरसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

डबल राउन्ड रोबिनको आधारमा हुने सिरिजका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। प्रतियोगिताको लागि नेपालले गत बिहीबार नै १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका थिए।

सो प्रतियोगिताका लागि कप्तान पारस रहेका छन् भने उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका छन्। शृंखलाका लागि टोलीमा दुई नयाँ अनुहार समावेश छन्। जसमा ईशान पाण्डे र कुशल मल्ल छन्।

व्यक्तिगत कारण देखाउँदै उपकप्तान ज्ञानेन्द्र मल्लले यसअघि टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए। यस्तै अनुभवी खेलाडी शरद् भेषवाकर र भेट्रान बलर वसन्त रेग्मी टोलीबाट बाहिर रहेका छन्। 

नेपाली टोली 
पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अविनाश बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, ईशान पाण्डे, सन्दीप जोरा, रोहितकुमार पौडेल।

 

प्रकाशित: ९ आश्विन २०७६ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App