जापानबाट श्रेष्ठको एनआरएन कोषाध्यक्षमा उम्मेदवारी

बिहिबार, ०९ असोज २०७६, ११ : ३६ नारायण रिमाल

टोकियो - गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रिय कोषाध्यक्ष पदमा जापानबाट महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। बिगत लामो समयदेखि एनआरएनए अभियान संलग्न हुँदै आएका श्रेष्ठले आफ्नो अनुभव,क्षमता,दक्षता र योग्यतालाई एनआरएनए अभियान मार्फत् समग्र मुलुकको आर्थिक समृद्धिमा योगदान दिन चाहेको बताएका छन्। 

हाईड्रो,बैंकिंग,रेमिट्यान्स,आधुनिक कृषि,आईटी,इन्सुरेन्स,आयात निर्यात,भौतिक पूर्वधार लगायतका व्यवसायिक क्षेत्रमा संलग्न रही नेपालमा लगानी भित्र्याउन उदाहरण बनेका श्रेष्ठले आफ्नो व्यवसायिक अनुभवका आधारमा कोषाध्यक्ष पदलाई न्याय गर्नसक्ने दाबी गरेका छन्।

एक बिज्ञप्ति मार्फत श्रेष्ठले गैर आवासीय श्रमिक कल्याण कोष,आर्थिक स्थायित्व,मितव्ययिता,पारदर्शिता र जवाफदेहितालाई मुख्य मुद्दाका रूपमा अगाडि सारेका छन्।

हाल एनआरएनए आईसीसी सदस्य रहेका श्रेष्ठ  नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत रहिसकेका छन्।

श्रेष्ठले आफुले कोषाध्यक्षको जिम्मेवारी पाए गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने स्पष्ट योजना बनाएका छन्। उनले उक्त कोषमा वार्षिक ८ करोड रुपैया संकलन गर्ने योजना सहितको कार्ययोजना तर्जुमा गरेका छन्। संसारभरबाट बार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्स मार्फत नेपाल भित्रिने गरेको र नेपाल राष्ट्रबैकले इन्सेन्टिभको रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैकलाई दिने गरिएकोमा उक्त ३० पैसा मध्ये १ पैसा उक्त कोषमा जम्मा गर्न सकिएमा बार्षिक ८ करोड रुपैया जम्मा गर्न सकिन्छ भन्ने उनको आँकलन छ।

पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सकेका उनी समाजशास्त्रमा स्नाकोत्तर हुन्। उनले जापानको ग्लोबिस विश्वविधालयबाट व्यवस्थापनमा स्नातकोत्तर को अध्ययन पनि गरेका छन्। यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्नेक्रममा रहेका छन्।

जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका सीईओ, तोनान कम्पनीका अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, सिटी ट्राभल एण्ड टुरका निर्देशक, एभेरेष्ट इन्टरनेसनल स्कुल जापान का प्रोमोटर एवं सल्लाहकार , CE HUMAN RESOURCES कम्पनी लिमिटेडका डाइरेक्टर तथा एसबिआई सिटी एक्स्प्रेस ग्लोवलका निर्देशक समेत रहेका छन्।

उनी जेएनएन एग्रो कम्पनीका डाइरेक्टर पनि हुन्। उनले सिटी एक्सप्रेस ग्रुपका विभिन्न कम्पनीहरु, विभिन्न वैंकहरु, सिटी एक्सप्रेस फाइनान्स, सिटी एक्सप्रेस मनिट्रान्सफर, सिटी एक्सप्रेस म्यानेजमेन्ट, सिटी एक्सप्रेस

ट्रेडिङ,सिटी इन्भेस्मेन्ट फण्ड,सिटी ट्राभल एण्ड टुर, आइटी कम्पनी , आयात तथा निर्यात कम्पनि, र विभिन्न हाइड्रोपावर कम्पनीहरुमा प्रोमोटर एवं डाइरेक्टरकोरुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

Ncell Footer Ad