coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

'पाँच करोड ६० लाख हेन्डसेट बिक्री'

जेटटिई कर्पोरेसन विश्वको प्रख्यात चिनियाँ कम्पनी हो। जसले विश्वभर नेटवर्किङ, टर्मिनल र इन्टरप्राइजेज डिभिजन सञ्चालन गरिरहेको छ। सन् २००१ देखि नै जेटटिई नेपाल भनेर नेटवर्किङको काम गरिरहेको कम्पनीले अहिले टर्मिनल डिभिजन अन्तर्गत इभोलुसन इन्टरप्राइजेज नेपालका लागि आधिकारिक बिक्रेता बन्दै मोबाइल फोन बिक्री सुरु गरेको छ। यसै सर्न्दभमा जेटटिई टर्मिनलका बिक्री निर्देशक लिउ सुक्विङसँग नागरिकका सन्तोष न्यौपानेले लिएको अन्तर्वार्ता:

जेटटिई विश्वको प्रख्यात कम्पनी हो। यस बारेमा नेपाली उपभोक्तालाई थप केही जानकारी गराउनुस् न।

जेटटिई चीन र हङकङमा स्टक एक्सचेन्समा सुचिकृत कम्पनी हो। यो १९८५ मा जेटटिई कर्पोरेसनका नाममा स्थापना भएको हो। हामीसँग अहिले ८० हजारभन्दा धेरै कर्मचारी छन्।

जेटटिई अन्तर्गत तीनवटा डिभिजन रहेका छन्। पहिलो हो नेटवर्क। यसले विश्वमा थि्रजी, फोरजी जस्ता नेटवर्क विस्तारको काम गर्छ। दोस्रो हो, टर्मिनल डिभिजन। यसले मोबाइल फोन सम्बन्धित काम हेर्छ। यसै अन्तर्गत विश्वका देशमा स्मार्ट हेन्डसेट वितरण हुन्छन्। त्यस्तै, अर्को रहेको छ इन्टरप्राइजेज डिभिजन। यसले सहरलाई डिजिटलाइज गर्ने काम गर्छ यसको अर्थ हो स्मार्ट सिटी बनाउने। नेपालको लुम्बिनीलाई स्मार्टी सिटी बनाउने भन्ने जुन कुरा आएको छ यो यस डिभिजनले गर्ने भनिएको छ।

नेपालमा जेटटिई नेपाल भनेर  २००१ देखि नै सुरु भएको हो। त्यो बेला यहाँ नेटवर्क डिभिजन आउको थियो। जसले नेपालमा टुजी, थि्रजी विस्तार गरेको थियो। यहाको नेटवर्कमा ५० प्रतिशत यसैले गरेको छ।

अहिले जुलाइबाट नेपालमा टर्मिनल डिभिजनले पनि काम सुरु गरेको छ। अब नेपालमा पनि जेटटिई कम्पनीका विभिन्न मोबाइल बिक्री सुरु भएको छ।  

तपाईंहरूको विश्व बजार कस्तो छ?

संसारभर अहिलेसम्म ५ करोड ६० लाख हेन्डसेट बिक्री गरिसकेका छौं। अर्को वर्ष यो ६ करोड पुग्ने छ। १ सय ३० देशमा हाम्रो मोबाइल बिक्री भइरहेका छन्। अमेरिकामा ५ प्रतिशत मार्केट सेयर रहेको छ। यो वर्षको ९ महिनामा १२ अर्ब डलर कमाएकोमा त्यसको १३ प्रतिशत रिसर्च र डेभलपमेन्टमा खर्च भएको छ। संसारभर २० वटा रिसर्च र डेभलपमेन्ट रहेका छन्।  १० वटा चीनमा, अमेरिकामा ३, त्यसबाहेक यरोपका स्पेन, जर्मनी, बेलायत, फ्रान्स, रसियामा पनि रहेका छन्।

तपाईंहरू केही महिनाअघि मात्र यहाँ पनि मोबाइल बिक्री सुरु गर्नु भएको छ। यस ब्रान्डका मोबाइल कस्ता छन्?

हामीले नेपालमा १० मोडलका हेन्डसेट लन्च गरिसकेका छौं। हामीले खासगरी सस्तोदेखि महंगो मोबाइल उत्पादन गर्छौं। जस्तो कि ३ सिरिजमा हाम्रो मोबाइल छन्। लो–इन्डमा एल सिरिज, मिड–इन्ड ब्लेड र फ्ल्यागसिपमा एक्जोन रहेको छ।

हाम्रो हेन्डसेटको मूल्य नेपालमा ८ हजार ४ सय ९० देखि ३३ हजार ९ सय रुपैयाँसम्म रहेको छ।

नेपालमा सार्वजनिक गरेका मोबाइल कस्ता छन्?

हामीले यहाँ तीनवटै सिरिजका हेन्डसेट सार्वजनिक गरेका छौं। हामीले फ्ल्यागसिप अन्तर्गत एक्जन इलाट र एक्जन मिनि अडिसन सार्वजनिक गरिसकेका छौं। एक्जन इलाइटको मूल्य ३३ हजार ९ सय र एक्जन मिनि अडिसनको २५ हजार ९ सय रुपैयाँ रहेको छ।

त्यस्तै हामीले अर्को हप्ता एक्जन ७ र एक्जन ७ मिनी सार्वजनिक गर्दैछौं। एक्जन सेभेनको मूल्य ५५ देखि ६० हजार र एक्जन सेभेन मिनीको मूल्य ४० हजार रुपैया रहेको छ। एक्जन सेभेन अडियोको लागि पुरस्कृत हेन्डसेट भएको खुसी साट्न चाहन्छु।

तपाईंहरू नेपालमा प्रवेश गर्नुअघि पक्कै पनि यहाँको मोबाइल बजारको अध्ययन गर्नु भयो होला? स्मार्ट हेन्डसेटको लागि यहाँको बजार कस्तो पाउनु भयो?

यहाँ स्मार्ट फोन लोकप्रिय हुदै गएको छ। यहाँ झन्डै ४० प्रतिशतले स्मार्ट फोनको बजार विस्तार भइरहेको छ। अर्को वर्ष अ्कभ बढ्ने देखिन्छ।

नेपालमा पहिलेदेखि अन्तर्राष्ट्रिय स्तरका ब्रान्ड रहेका छन्। यी ब्रान्डसँग प्रतिस्पर्धा गर्न तपाईंको कस्तो रणनीति रहने छ?

हो, नेपालमा धेरै कम्पनी रहेका छन्। यो चीन र भारतबीचको देश हो। यहाँ स्मार्ट फोनको मूल्य उच्च पनि छ। यहाँ अब फोरजी सञ्चालन हुने भएपछि मूल्य अझ बढी हुन सक्छ। त्यसैले हामीले ८ देखि २० हजार रुपैयाँसम्मका स्मार्ट फोनलाई फोकस गरेका छौं।

गुणस्तर सबैभन्दा धेरै महŒवपूर्ण विषय हो। सामान्यतया एक स्मार्ट फोनको आयु २ वर्षसम्म रहन्छ। हामीले धेरै टिक्ने, धेरै क्षमताका हेन्डसेट उत्पादन गरेका छौं। उच्च क्षमताको ब्याट्री, उच्चस्तरको क्यामरा, गुणस्तरीय साउन्ड र गेममा पनि हामीले फोकस गरेका छौं। युवा वर्गले हाम्रो मोबाइल धेरै मन पराउनु भएको छ। प्रयोग गर्न सजिलो पनि छ।

मोबाइल बिक्रीपछिको सर्भिस एक उपभोक्ताको लागि महŒवपूर्ण पक्ष हो। तपाईंहरूले मोबाइल बिक्रीपछिको सर्भिस कस्तो दिनु भएको छ?

हामीले भर्खर मात्र नेपालमा मोबाइल बिक्री सुरु गरेका छौं। काठमाडौं, न्युरोडमा एक सर्भिस सेन्टर रहेको छ। त्यसबाहेक उपत्यका बाहिर पनि १० वटा सर्भिस रहेका छन्। अहिले हामीले आउट सोर्स गरेर सेवा दिइरहेका छौं। अर्को वर्ष अझ बढाउँदै लैजानेछौं।

नेपालमा तपाईंले कति बजार हिस्सा ओगट्ने लक्ष्य छ?

हामीले काम सुरु गरिसकेका छौं। तीव्ररुपमा बजार बढाउँदै लैजाने लक्ष्य छ। अर्को वर्ष सात–आठ प्रतिशतसम्म पुग्न सकिन्छ भन्ने विश्वास छ।

प्रकाशित: ९ मंसिर २०७३ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App