८ वैशाख २०८१ शनिबार
अर्थ

रसुवागढी नाकाबाट भेंडाच्यांग्रा आयात सुरु

रसुवागढी नाका हुँदै नेपाल भित्रिएको भेंडाच्यांग्रा। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भेंडाच्यांग्राको आयात सुरु भएको छ। दसैं आउन केही समय बाँकी रहँदा नाकाबाट भेंडाच्यांग्राको आयात सुरु भएको हो।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट दुई सयभन्दा बढी भेंडाच्यांग्रा टिमुरे आइपुगेका छन्। पहिलो चरणमा व्यापारीले दुई सय ३० वटा भेंडाच्यांग्रा भित्राएका छन्।

नेपाली व्यापारीले केरुङसम्म पुगेर आयात गरेका हुन्। केरुङसम्म त्यहाँकै व्यापारीले ल्याउँछन्। नेपाली व्यापारी भेडाच्यांग्रा लिन २४ किलोमिटर टाढासम्म पुग्छन्। आयात गरिएको भेंडाच्यांग्रा रसुवामा नै बिक्री गरिने छ।

जिल्लाको माथिल्लो क्षेत्रमा धेरै खपत हुन्छ। गत वर्षतिर तल्लो क्षेत्रमा लैजाँदा हावापानीका कारणले भेडाच्यांग्रा बिरामी पर्ने हुँदा कम मूल्यमै बिक्री गर्नुपरेको देखिन्छ। रसुवामा खपत नभए नुवाकोटसम्म पु-याउने छन्। ‘हामीले रसुवा र नुवाकोटलाई प्राथमिकतामा राखेर बिक्री गछौं,’ ‘उनले भने, ‘यहाँ खपत नभएमा काठमाडौंसम्म लैजान्छौं।’

गत वर्षको तुलनामा आयात बढेको भए पनि मूल्य पनि बढेको व्यापारी दिवाकर न्यौपानेले बताए। प्रतिभेंडा–च्यांग्रा २३ हजारदेखि २६ हजार रुपैयाँसम्म पर्ने उनले बताए। यसअघि मुस्ताङबाट ल्याइने गरेकामा गत वर्षदेखि यही नाका हुँदै ल्याउन थालिएको उनको भनाइ छ।

यो वर्ष योे नाका हुँदै पाँच सयभन्दा बढीको संख्यामा आयात हुने बताइएको छ। गत वर्षको भन्दा बढी मूल्य परेको, गाडीको चाप र झन्झटिलो भएका कारण समस्या भएको उनले बताए।

२०७० मा दुई सय दुई, २०७१ मा एक सय ८० र २०७३ मा दुई सय ५० र २०७४ मा ५५ तथा २०७५ मा चार सय ७० भेंडाच्यांग्रा आयात भएको थियो। २०७० अघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडाच्यांग्रा आयात हुने गरेको थियो।

प्रकाशित: ९ आश्विन २०७६ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App