७ वैशाख २०८१ शुक्रबार
अर्थ

वैदेशिक रोजगार संघमा गैरे

संघका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद गैरे। तस्बिर : नागरिक

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित भएका छन्। २७ औं साधारण सभामा नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका गैरले सत्तारुढ नेकपा र संघीय समाजवादी समूहको संयुक्त प्रगतिशील समूहका सरोज पोखरेललाई हराएका हुन्।

निर्वाचनमा गैरेको पूरै प्यानल विजयी भएको छ। संघको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल र तृतीय उपाध्यक्षमा किशोरकुमार केसी विजयी भएका छन्। त्यस्तै महासचिवमा सुजितकुमार श्रेष्ठ र सचिवमा मेघनाथ भुर्तेल विजयी भए।

प्रकाशित: ९ आश्विन २०७६ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App