७ वैशाख २०८१ शुक्रबार
खेल

पटेल आठ वर्षपछि टेस्ट टोलीमा

नयाँ दिल्ली- भारतीय टोलीका विकेटकिपर ऋद्धिमन साहले बुधबार इङ्ल्यान्डविरुद्ध हुने तेस्रो टेस्ट नखेल्ने भएका छन्। कमजोर मानिएको स्थानमा आठ वर्षपछि पार्थिव पटेललाई पुनः बोलाइएपछि साह टोलीमा पर्न सकेनन्। भारतले विशाखापट्टनममा दोस्रो टेस्टमा २ सय ४६ रनको जित पाउँदा साहको बायाँ जाँघमा समस्या देखिएको थियो।

स्वास्थ्यका कारण साहलाई आराम गर्नुपर्ने सुझाव आएकाले अर्को टेस्टमा नखेलाइएको भारतीय क्रिकेट बोर्डले जनाएको छ। ३१ वर्षे पटेलले पछिल्लो समय सन् २००८ मा टेस्ट क्रिकेट खेलेका थिए। पटेलले २००२ मा इङ्ल्यान्डविरुद्धको खेलबाट टेस्टमा डेब्यु गरेका थिए। २० टेस्ट खेलिसकेका बायाँहाते विकेटकिपर–ब्याट्सम्यान पटेलको २९.६९को औसत छ। अन्तिम टेस्टका लागि भारतीय छनोट समितिले भेट्रान ओपनर गौतम गम्भिरको स्थानमा लोकेश राहुललाई बोलाएको छ। मध्यम गतिका बलर भुवनेश्वर कुमारलाई पनि १६ सदस्यीय टोलीमा बोलाइएको छ। तेस्रो टेस्ट पञ्जाबस्थित मोहालीमा शनिबार सुरु हुनेछ। पाँच खेलको शृंखलामा भारत १–० ले अघि छ।

प्रकाशित: ९ मंसिर २०७३ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App