८ वैशाख २०८१ शनिबार
समाज

लागूऔषध सहित दुई युवक पक्राउ

लहान– सीमावर्ती नवराजपुर गाउँपालिका –४ झाझपट्टीबाट प्रहरीले लागूऔषध सहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका १ सिंगराहीका २४ वर्षिय दयाराम चौधरी र २० वर्षिय अजय चौधरी छन्।

भारतीय सहरबाट लहानतर्फ आईरहेका चौधरीद्वयलाई प्रहरीको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा ५९२ थान नाइट्रोभेट चक्की बरामद भएको सिरहा प्ररीले जनाएको छ। पछिल्लो समय सिरहा प्रहरीले सीमादेखि सहरसम्म सक्रियता बढाएपछि चोरबाटोबाट लागूऔषध भित्र्याउन खोज्नेहरु पनि फन्दामा पर्दै आएका छन्। चौधरीद्वय सीमावर्ती झाझपट्टीको चोरबाटोबाट (जहाँ प्रहरीको उपस्थिति हुँदैन) लागूऔषधसहित उम्कन खोज्दा नवराजपुरको अस्पताल चोकबाट प्रहरीको फन्दामा परेका हुन्।

सिरहा प्रहरीको तथ्यांक अनुसार ०७५÷०७६ मा लागूऔषधसहित १३८ जना पक्राउ परेका छन्। जसमा १२१ जनामाथि मुद्दा चलाइएको छ। ६० जना कारागार चलान भएका छन्। जेठ महिनादेखि अहिलेसम्म करिब ४० मुद्दामा ६० जना मानिस पक्राउ परिसकेका छन्।

एसपी चतुर्वेदीका अनुसार लागूऔषध कारोबारलाई निस्तेज पार्न सचेतना देखि कारबाहीलाई संगै अघि बढाएको छ। प्रहरीको सक्रियता बढेसँगै लागूऔषधको मुद्दामा पक्राउ पर्ने प्रतिवादीको संख्या बढेको उनले बताए। 

लागूऔष मुद्दामा पक्राउ पर्ने प्रतिवादीमा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संख्या बढी छ। पक्राउ परेकाहरूको तथ्यांक केलाउँदा लागूऔषध कारोबारी र प्रयोगकर्ता १६ देखि २५ वर्ष उमेर समूहका युवा धेरै छन्। 

एसपी चतुर्वेदीले लागूऔषध कारोबारीको सञ्जाल भत्काउन शून्य सहनशीलता अपनाएर कारबाही तीव्र पारेपछि लागूऔषधको संगठिन सञ्जाल छिन्नभिन्न भएको छ। उनी यसअघि ०७२ सालमा लहान प्रहरी प्रमुख(डिएसपी)को जिम्मेवारीमा हुँदा पनि लागूऔष कारोबार विरुद्ध कारबाहीदेखि सचेतना अभियान नै सञ्चालन गरेका थिए। जसकारण लहान क्षेत्र लागूऔषधबाट करिबकरिब मुक्त नै भैसकेको थियो लहान नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राकेश गुप्ता रोशनले भने।  

यद्यपी, तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागू औषधको डरलाग्दो भुमरीमा फँसिरहेका छन्। जसलाई नियन्त्रण गर्न जनप्रतिनिधि, नागरिक समाज, प्रहरीलगायतका सरोकारबालाको संयुक्त पहलकदमी आवश्यक रहेको गुप्ताले बताए। 

प्रकाशित: ८ आश्विन २०७६ १६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App