८ वैशाख २०८१ शनिबार
खेल

न्युजिल्यान्डलाई अवसर

ह्यामिल्टन- न्युजिल्यान्डका भेट्रान ब्याट्सम्यान रोज टेलरले बुधबार पाकिस्तानविरुद्धको दोस्रो टेस्ट खेल्ने भएका छन्। आँखामा समस्या देखिएपछि पछिल्लो समयमा टेलरले उपचार गराइरहेका थिए। उपचार सुधारोन्मुख देखिएपछि टेलरले पाकिस्तानविरुद्ध खेल्ने भएका हुन्। तर खेलपछि उनको बायाँ आँखाको शल्यक्रिया गर्न आवश्यक देखिएको न्युजिल्यान्ड टोलीका फिजियोथेरापिस्ट टोमी सिम्सिकले बताए। उनको बायाँ आँखामा पछिल्लो समय केही समस्या देखिएको थियो। तर ३२ वर्षे भेट्रान ब्याट्सम्यानले अझैसम्म त्यसले केही प्रभाव नपारेको बताए।

'रोजको बायाँ आँखामा केही समस्या छ, जुन विस्तार ठूलो हुँदै गएको छ।विशेषज्ञका अनुसार उनको भिजन २०–२० छ। रोज आफै आत्मविश्वासी देखिएका छन्। उनी खेल्नतयार छन्,' सिम्सिकले भने, 'आँखाको समस्याबढ्न नदिन उनलाई अझै उपचार आवश्यक छ। टेस्टपछि उनको शल्यक्रिया हुनेछ। जसका कारण उनले कम्तीमा ४–६ साता आराम गर्नुपर्नेछ।'

त्यसले गर्दा ७७ टेस्ट खेलिसकेका टेलरले अस्टे्रलियाविरुद्ध अर्को महिना हुने निर्धारित ओभरको सिरिज गुमाउने छन्।

प्रकाशित: ९ मंसिर २०७३ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App